logo

बिहीवार नेप्से परिसूचक २९.८३ अंकले घट्यो, ५ अर्ब ३६ करोड बढीको कारोबार 

    1146   पटक पढिएको

९ पुस/अर्थ र व्यापार– साताको अन्तिम कारोबार दिन बिहीवार नेप्से परिसूचक २९.८३ अंकले घटेर २०३८.६३ विन्दुमा बन्द भएको छ ।

बिहीवार २०४ ओटा कम्पनीको ९८ लाख ६०हजार ५३६ कित्ता शेयर ४७ हजार ९७६ पटकमा रू. ५ अर्ब ३६ करोड ९० लाख ४६ हजार ३२२ बराबरको कारोबार भएको छ ।

कारोबारमा आएका १२ ओटा समूहमध्ये होटल समूहको परिसूचक ४.९१ प्रतिशत र ब्यापार समूहको परिसूचक ०.८७ प्रतिशतले वृद्धि भएको छ भने बाँकी समूहको परिसूचक घटेको छ । बिहीवार सबैभन्दा बढी जीवन बीमा समूहको परिसूचक ३.६ प्रतिशतले घटेको छ ।

बिहीवार सोल्टी होटलको शेयर मूल्य सबैभन्दा बढी ५.६७ प्रतिशतले बढेको छ दोस्रोमा ओरियण्टल होटलको शेयर मूल्य ५.१६ प्रतिशतले वृद्धि भएको छ ।

बिहीवार समृद्धि फाइनान्सका शेयरधनीले सर्बाधिक गुमाएका छन् । उक्त कम्पनीको शेयर मूल्य ८.११ प्रतिशत घटेर रू. १३६ मा झरेको छ ।

कारोबारका आधारमा नबिल बैंकको सार्वधिक ६१ करोड ४९ लाख ६५ हजारभन्दा बढीको शेयर कारोबार भएको छ। कम्पनीको प्रतिकित्ता शेयर मूल्य रू. १ हजार ४२५ पुगेको छ ।

त्यसैगरी सर्वाधिक कारोबार गर्ने दोस्रोमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको रू. ५९ करोड ८१ लाखभन्दा बढीको शेयर खरीदविक्री भएको छ । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।