logo

सोमबार सेयरबजारमा ४.४२ अंकको गिरावट

    1798   पटक पढिएको

२ असोज / अर्थ र व्यापार – सोमबारको सेयरबजार ओरालो लागेको छ भने कारोबार रकममा समेत गिरावट आएको छ । अघिल्ला दुई दिन आइतबार र गत बिहीबार उच्च अंकले बढेको बजारमा करेक्शन आएपछि बजारमा सामान्य ओरालो लागेको हो । गत बिहीबार ३५ अंक तथा आइतबार १७ अंकले बजार बढेको थियो ।

सोमबार पनि बजार खुल्नासाथ लगातार बढेर १८ अंक माथिसम्म पुगेको बजारमा बिक्रीकर्ताको चाप आउन थालेपछि क्रमश ओरालो लागेको हो । कारोबार खुलेको पहिलो आधा घण्टाकै अवधिमा नेप्से १८ अंक माथि पुगेको थियो । तर विस्तारै करेक्शन आएको बजार ४.४२ अंकले घटेर १५४३.७० अंकमा बन्द भएको छ । 

कारोबारमा आएका अधिकांस समूहका सूचक घटेपछि बजार ओरालो लागेको हो। यसदिन व्यापार, जलविद्युत र उत्पादन बाहेकका सबै समूहका सूचक ओरालो लागेको छन् । सबैभन्दा धेरै बीमा समूह ७९ अंकले ओरालो लागेको छ । होटल २० अंकले घटेको छ भने अन्य बाँकी समूह सामान्य झरेका छन् ।

यसदिन १६१ कम्पनीको ४६ करोड ९३ लाख रुपैयाँ बराबरको कारोबार भयो । कारोबार रकम अघिल्लो दिनको तुलनामा करिब ३१ करोड कम हो । सोमबारको बजारमा एभरेष्ट बैंकको सबैभन्दा धेरै २ करोड ७७ लाखको कारोबार भयो । नेपाल लाइफको पनि २ करोड ७५ लाख बराबरको सेयर किनबेच भयो ।

यसदिन पनि विशाल बजार कम्पनीको सेयरमूल्य सबैभन्दा धेरै झण्डै दश प्रतिशतले बढ्यो । हाम्रो विकास बैंक, फरवार्ड माइक्रोफाइनान्स तथा प्रोगेशिभ फाइनान्स लगायतको सेयरमूल्य बढेको छ ।

बरुण हाइड्रो पावरको सेयरमूल्य सबैभन्दा धेरै चार प्रतिशत बढीले घटेको बजारमा दिव्यश्वरी हाइड्रो, सिन्धु विकास, सिनर्जी हाइड्रो तथा सनराइज बैंक लगायतको सेयरमूल्य घटेको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तयारी पोशाक उद्योग संघद्वारा तेत्तीस लाख तेत्तीस हजार हस्तान्तरण

नेपाल तयारी पोशाक उद्योग संघ तथा संघका सदस्यहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी रु.तेत्तीस लाख तेत्तीस हजार तीन सय तेत्तीस रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको छ

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।