logo

सोमबार सेयरबजार २.८९ अंकले बढ्यो

    1766   पटक पढिएको

२३ साउन / अर्थ र व्यापार – सोमबार सेयरबजार सामान्य उकालो लागेको छ । वाणिज्य बैंक, जलविद्युत तथा उत्पादन समूह खस्केपछि कारोबार रकममा समेत कमी आएको हो । यसदिन १५९ कम्पनीको ९४ करोड ६० लाख बराबरको सेयर किनबेच भयो । अघिल्लो दिनको तुलनामा कारोबार रकममा ७ करोडले कमी आएको छ । आइतबार एक अर्ब एक करोड रुपैंयाको सेयर किनबेच भएको थियो । यसदिन समग्र बजार पूँजीकरण १९ खर्ब ५४ अर्ब कायम भएको छ । 

कारोबारमा आएका अधिकांस समूह सकरात्मक रहेपछि नेप्से २.८९ अंकले बढेर १६६७.९४ विन्दुमा पुगेको छ । यसदिन नागरिक लगानीकोषको सबैभन्दा धेरै ६ करोड ६१ लाख बराबरको सेयर किनबेच भयो । सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम एक र नेपाल लाइफ इन्स्योरेन्सको पनि चार करोड बढीको कारोबार भयो ।

सोमबार लुम्बिनी विकास बैंकको सेयरमूल्य सबैभन्दा धेरै ६ प्रतिशतले बढेको छ । बैंकले आजै गत आर्थिक बर्षमा १७ प्रतिशतले नाफा बढाएको वित्तीय विवरण सार्वजनिक गरेको थियो । त्यस्तै एक्सल डेभलपमेन्ट बैंक, नागरिक लगानी कोष, आइसिएफसी फाइनान्स, शाईन रेसुङा डेभलपमेन्ट बैंक लगायतको सेयरमूल्य बढेको छ ।

कुवेर मर्चेन्ट फाइनान्सको सेयरमूल्य दश प्रतिशतले घटेको छ । छ्याङ्दी हाइड्रो, जेबिल्स फाइनान्स, बरुण हाइड्रो, मिर्मिरे माइक्रोफाइनान्स, रुरल माइक्रोफाइनान्स लगायतको सेयरमूल्य घटेको छ । 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तयारी पोशाक उद्योग संघद्वारा तेत्तीस लाख तेत्तीस हजार हस्तान्तरण

नेपाल तयारी पोशाक उद्योग संघ तथा संघका सदस्यहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी रु.तेत्तीस लाख तेत्तीस हजार तीन सय तेत्तीस रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको छ

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।