logo

सोमबार सेयर बजार २०.५८ अंकले बढ्यो

    1747   पटक पढिएको

२ साउन / अर्थ र व्यापार – चालु आर्थिक वर्षको पहिलो दिन सामान्य बढेको सेयर बजार दोस्रो दिन भने साढे २० अंकले बढेको छ । कारोबारमा आएका सबै समूहमा हरियाली छाएपछि यसदिन नेप्से परिसूचकसँगै कारोबार रकममा समेत बढोत्तरी आएको छ ।

सोमबार नेप्से २०.५८ अंकले बढेर १६०४.१५ विन्दुमा पुगेकोे छ । कारोबारमा सबै समूहका सूचक बढेपछि बजारमा उच्च सुधार आएको हो । यसदिन वाणिज्य बैंक समूह २१.८३, होटल २६.९३, विकास बैंक २९.५७, जलविद्युत ९.१८, वित्त ५.२३, बीमा समूह ९५.३५ अंक, उत्पादन समूह २७.०४ र अन्य समूह भने १.१६ अंकले बढेका छन ।

१५४ कम्पनीको कारोबार भएको बजारमा २० लाख १२ हजार कित्ता सेयर ६९ करोड ४३ लाख रुपैयाँ बराबरमा किनबेच भए । आइतबारको तुलनामा कारोबार रकम भने एक करोड रुपैयाँले बढी हो ।

सोमबारको सेयरबजारमा हिमालयन डिष्टिलरीको सेयरमूल्य सबैभन्दा धेरै दश प्रतिशतले बढेको छ । नेशनल माइक्रोफाइनान्स, फरवार्ड माइक्रोफाइनान्स, रिलायबल वित्तीय संस्था, सिनर्जी पावर तथा किसान माइक्रो फाइनान्स लगायतका कम्पनीको सेयरमूल्य बढेको छ ।

सोमबारको बजारमा कुवेर मर्चेन्ट फाइनान्सको सेयरमूल्य सबैभन्दा धेरै ६ प्रतिशतले घटेको छ । एभरेष्ट बैंक संस्थापक, काबेली विकास बैंक दिव्यश्वरी हाइड्रो तथा कर्णाली डेभलपमेन्ट बैंक लगायतको सेयरमूल्य घटेको छ ।

यसदिन फरवार्ड माइक्रोफाइनान्सको ४ करोड ८९ लाख बढीको सेयरको किनबेच भएको छ । नेपाल लाइफ, कुवेर मर्चेन्ट र सानिमा बैंकको पनि तीन करोड बढीको कारोबार भयो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।