logo

सोमबार शेयर बजार २६ अंकले घट्यो

    2242   पटक पढिएको

१७ जेठ / अर्थ र व्यापार- शेयर बजार हप्ताको पहिलो दिन देखिनै लगातार घटेका थियो तर बुधबार भने बढेको छ । नेप्से परिसूचक १३.६८ अंकको बढोत्तरीसँगै १६०८.११ अंकमा उक्लिएको हो। क वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स २.६३ अंकले बढर ३४१.२७ अंकमा उक्लिएको छ ।

मधेस केन्द्रित दल दोस्रो चरणको निर्वाचनमा आउने संभावना र पूँजी बजार प्रति उदार मानिने नेपाली कांग्रेसको नेतृत्वमा सरकार बन्ने निश्चित भएसँगै लगानीकर्ताको मनोबल बढेर बजार उकालो लागेको हो । 

आज कारोबारको सुरु देखिनै ओरालो लागेको बजार एक बजे पछि बढ्न थालेको थियो। दुई घण्टामा १३ अंकले घटेको बजार लगभग त्यति नै अंकले उकाले बढेर बन्द भएको हो। यसरी बुधबार २६ अंक बढिले बजार रिकभर भएको छ । 

हप्ताको चौथो दिन १४४ कम्पनीका १० लाख ७४ हजार कित्ता शेयर ६७ करोड ९३ लाख रुपैयाँमा खरिद बिक्रि भएका छन्। सबैभन्दा बढी स्टाडर्ड चार्टर्ड बैंकको पाँच करोड ३९ लाख रुपैयाँ बराबरको शेयर खरिद बिक्रि भयो। कारोबार रकमकै आधारमा बैंक अफ काठमाडौँ दोस्रो भएको छ। बैंकको दुई करोड ८७ लाख रुपैयाँ बराबरको शेयर खरिद बिक्रि भएको हो।

आज आठ समुहको कारोबार भएकोमा एक समुहमा गिरावट आएको छ भने सात उपसूचक बढेका छन्। बैंकिङ ९.४१, होटल १९.९८, विकास बैंक २०.९, जलबिद्युत १८.०७, फाईनान्स १.३२, बीमा १२१.४१ र अन्यमा ८.३९ अंकको बढोत्तरी भएको छ। उत्पादन मुलक उपसूचक भने ४.६१ अंकले घटेको छ ।

आज सबैभन्दा धेरै ग्रीन डेभलपमेन्ट बँैकका शेयरधनीले १० प्रतिशत कमाएका छन् भने सबैभन्दा कम बोटलर्स नेपाल तराईका सेयरधनीले करिब पाँच प्रतिशत गुमाएका छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तयारी पोशाक उद्योग संघद्वारा तेत्तीस लाख तेत्तीस हजार हस्तान्तरण

नेपाल तयारी पोशाक उद्योग संघ तथा संघका सदस्यहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी रु.तेत्तीस लाख तेत्तीस हजार तीन सय तेत्तीस रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको छ

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।