logo

लुम्बिनी जनरल इन्स्योरेन्सको २० प्रतिशत हकप्रद बिक्री सुरु

    1934   पटक पढिएको

२३ कात्तिक / अर्थ र व्यापार - लुम्बिनी जनरल इन्स्योरेन्सले कात्तिक २४ गते देखि चुक्ता पूँजीको २० प्रतिशत हकप्रद बराबरको शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले बीमा समितिले तोकेको न्यूनतम चुक्ता पूँजी कायम गर्न हकप्रदको बाटो रोजेको हो ।

इन्स्योरेन्सले एकसय रुपैयाँ अकिंत दरमा १७ लाख ६० हजार कित्ता हकप्रद बिक्रीमा ल्याएको हो । हकप्रद शेयरको निष्काशन तथा बिक्री प्रबन्धक सीबीआइएल क्यापिटल रहेको छ । इन्स्योरेन्सले एकसय रुपैयाँ अकिंत दरमा १७ लाख ६० हजार कित्ता हकप्रद बिक्रीमा ल्याएको हो । हकप्रद शेयरको निष्काशन तथा बिक्री प्रबन्धक सीबीआइएल क्यापिटल रहेको छ । 

इन्स्योरेन्सको हकप्रदमा असोज २६ गतेसम्म कायम शेयरधनीहरुले मंसिर २९ गतेसम्म आवेदन गर्न सक्नेछन् । हकप्रदमा आस्वा सदस्यता लिएका सबै बैंक तथा वित्तीय संस्थाको साथै मेरो शेयर सफट्वेयर र बिक्री प्रबन्धक सिबिआईएल क्यापिटलको कार्यालय डिल्लीबजार बाटुलेघर र सिटिजन्स बैंकका देशभरीका सबै शाखाका आवेदन गर्न सकिन्छ ।

इक्रा नेपालले लुम्बिनी जनरलको हकप्रद शेयरलाई ‘ इक्रा आईपिओ ग्रेड ३’ रेटिङ्ग दिएको छ । ग्रेड ३ रेटिङ्गले औसत आधार जनाउँछ । नेपाल धितोपत्र बोर्डले इन्स्योरेन्सलाई हकप्रद बिक्री गर्नका लागि गत असोज ८ गते अनुमति दिएको थियो ।

नेपाल स्टक एक्सचेञ्जमा कात्तिक २१ गते बिहीबार लुम्बिनी जनरलको शेयर प्रतिकित्ता ३१५ रुपैयाँमा कारोबार भएको छ। हाल ८८ करोड रुपैयाँ चुक्ता पूँजी रहेको इन्स्योरेन्सको २० प्रतिशत हकप्रद पश्चात १ अर्ब ५ करोड ६० लाख रुपैयाँ चुक्ता पूँजी पुग्नेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तयारी पोशाक उद्योग संघद्वारा तेत्तीस लाख तेत्तीस हजार हस्तान्तरण

नेपाल तयारी पोशाक उद्योग संघ तथा संघका सदस्यहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी रु.तेत्तीस लाख तेत्तीस हजार तीन सय तेत्तीस रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको छ

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।