logo

बजारमा साढे एक अर्बको कारोबार, ग्लोबल आईएमई बैंक सहित तीन कम्पनीका लगानीकर्ताले कमाए ९ प्रतिशत बढी

    1296   पटक पढिएको

७ माघ / अर्थ र व्यापार - मंगलबारको बजार सामान्य अंकले उकालो लागेको छ । नेप्से परिसूचक ३.३६ अंकले बढेर १३२०.४७ अंकमा पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा ०.२६ प्रतिशतले बढी हो ।

सामान्य अंकले बढेको बजारमा कूल एक अर्ब ५१ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जुन अघिल्लो दिनको तुलनामा ४६ करोड रुपैयाँ कम हो । सोमबारको बजारमा एक अर्ब ९७ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।

बजारमा कूल १८३ कम्पनीको ४४ लाख ५५ हजार कित्ता सेयर किनबेच भएको छ । जसमध्ये हिमालयन बैंकको सबैभन्दा बढी संस्थापक सेयर खरिद बिक्री भएका छन् । बैंकको एकैदिन २४ करोड ४६ लाख रुपैयाँ बराबरको संस्थापक सेयर किनबेच भएको छ । मंगलबार बैंकको संस्थापक सेयरको मूल्य प्रतिकित्ता २९० रुपैयाँ रहेको छ ।

मंगलबार तीन कम्पनीका सेयरधनीले ९ प्रतिशत बढी कमाएका छन् । सबैभन्दा बढी गुराँस लाईफ इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले ९.८३ प्रतिशत कमाएका छन् । जसको सेयर मूल्य प्रतिकित्ता ६८२ रुपैयाँ रहेको छ । त्यस्तै, ग्लोबल आईएमई बैंक र पाँचथर पावर कम्पनीको सेयर मूल्य क्रमशः ९.७५ र ९.५२ प्रतिशतले बढेको छ । मंगलबार यी दुई कम्पनीको सेयर मूल्य क्रमशः प्रतिकित्ता ३०४ र १३८ रुपैयाँ रहेको छ ।

सो दिन निर्जीवन बीमा समूह ८१.१७ र जीवन बीमा समूह ६१ अंकले उकालो लागेका छन् । उता विकास बैंक समूह भने सबैभन्दा बढी १०.२७ अंकले ओरालो लागेको छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।