logo

सेयर कर्जाको व्याज १९ प्रतिशत पुग्यो

    1882   पटक पढिएको

५ असार / अर्थ र व्यापार - बैंकहरुले सेयर कर्जाको व्याज १९ प्रतिशत पुर्याएका छन् । एनएमबी बैंकले सोमबार प्रकाशित गरेको व्याजदर मार्जिन ल्याण्डिङको व्याज १८.९५ प्रतिशत तोकिएको छ । त्यसमा बैंकले लोन प्रोसेसिङ फि अतिरक्त लिन्छ ।
बैंकले प्राइम लोनमा बेस रेटमा थप ५ प्रतिशत, स्ट्याण्डर्ड लोनमा थप ७ प्रतिशत र अदर लोनमा बेस रेटमा थप १० प्रतिशत व्याज लिने छ । बैंकको बेस रेट ८.९५ प्रतिशत छ ।

केन्द्रीय बैंकले नै सेयर कर्जामा प्रवाह हुने कर्जालाई नेगेटिभ लिष्टमा राख्ने पोलिसि लिएपछि एनएमबी जस्तै अरु बैंकले पनि सेयरकर्जा प्रवाहमा निकै कडाई गरेको छन् । उनीहरुले उच्च व्याजदरमा पनि सेयरकर्जा प्रवाहलाई कम प्राथमिकतामा राखेको छन् ।
सेयर कर्जाको व्याज आकाशिएपछि बजारमा सेयरको बिक्री चाप बढेको छ र मूल्य निरन्तर घट्दै गएको छ ।

एनएमबी बैंकले घर जग्गा कर्जामा पनि १७ देखि १९ प्रतिशतसम्म व्याज लाग्ने जनाएको छ । लगानी योग्य पुँजीको अभावमा बैंकहरुले १५ प्रतिशतसम्म व्याज तिरेर निक्षेप लिएको छन् । त्यस्तै कर्जाको व्याजदर १८ देखि १९ प्रतिशत सम्म पुर्याएका छन् ।
यस पटकको तरलता अभावको समयमा फाइनान्स र विकास बैंकको तुलनामा वाणिज्य बैंकहरुले बढी दरको व्याजमा निक्षेप संकलन तथा कर्जा प्रवाह गरिरहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तयारी पोशाक उद्योग संघद्वारा तेत्तीस लाख तेत्तीस हजार हस्तान्तरण

नेपाल तयारी पोशाक उद्योग संघ तथा संघका सदस्यहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी रु.तेत्तीस लाख तेत्तीस हजार तीन सय तेत्तीस रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको छ

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।