logo

सेयर बजार ओरालो लागेपछि होइड्रोपावर कम्पनी प्रभावित

    1667   पटक पढिएको

२० मंसिर/ अर्थ र व्यापार -  लगानीकर्ताहरुका लागि कुनै समय होइड्रोपावर कम्पनीको सेयर निकै आकर्षक मानिन्थ्यो । देश उज्यालो पार्ने होइड्रोपावरले लगानीकर्ताको अनुहार पनि उज्यालो पारेको थियो । जसकारण होइड्रोपावरको सेयरमा लगानीकर्ताहरु झुम्मिन्थे । कुनै समय प्रतिकित्ता ३२ सय रुपैयाँ किनबेच भएको चिलिमे जलविद्युत कम्पनीको सेयर अहिले ६२५ रुपैयाँमा झरेको छ । त्यस्तै, कुनै समय सेयर बजारलाई लिड गर्ने कम्पनीका रुपमा रहेको बुटवल पावर कम्पनीको सेयर अहिले ४३९ रुपैयाँमा झरेको छ । यस्तै कुनै समय ३र४ सय रुपैयाँ दिव्येश्वरी हाइड्रो पावरको सेयर अहिले ९६ रुपैयाँमै किन्न पाइन्छ । यो फेस भ्याल्यूभन्दा ४ रुपैयाँ कम हो । अर्थात् घन्टौं लाइन लागेर आइपिओ भरेका लगानीकर्ताहरुले पनि यो कम्पनीको सेयर १०० रुपैयाँमा किनेका थिए ।

नेपाल स्टक एक्सचेञ्जमा सूचिकृत भएका पूरानो कम्पनी नेशनल हाइड्रोपावर कुनै समय लगानीकर्ताका लागि निकै आकर्षक कम्पनीका रुपमा परिचित थियो । दोस्रो बजारमा यो कम्पनीको सेयर किन्न लगानीकर्ता लालायित हुन्थे । अहिले दोस्रो बजारमा यो कम्पनीको सेयर ७३ रुपैयाँमै किन्न पाइन्छ । जबकी आइपिओ भर्नेहरुले नै वर्षौअघि १०० रुपैयाँ लगानी गरेका थिए ।
एक वर्ष पहिले ६ सय रुपैयाँमा पाइने अपि पावर कम्पनीको सेयर मूल्य अहिले १ सय ४१ रुपैयाँमा झरेको छ । त्यस्तै, एकरडेढ वर्षअघिसम्म दोस्रो बजारमा ४र५ सय रुपैयाँमा किनबेच हुँदै आएको अरुण काबेलीको १८९, अरुण भ्याली ११३, बरुण हाइड्रो पावर १०८ रुपैयाँमा कारोवार भएको छ । त्यस्तै, हिमालय पावरको १७५, जलविद्युत् लगानी तथा विकास कम्पनी १५०, कापलका पावर १०५, नेशनल हाइड्रो पार ७३ मा कारोवार भएको छ । ङादी ग्रपको सेयर १३२ मा कारोवार हुँदा रौराङ हाइड्रो पावरको १०९, राधी विद्युत् कम्पनी १७४, रिडी हाइड्रो पावर १००, सानिमा माई हाइड्रो पावर २३०, सिनर्जी पावर १०० का कारोवार भएका छन् ।

यस्तै छ्याङदी १०९ र ५०१ रुपैयाँमा एफपिओ बिक्री गरेको बुटवल पावर कम्पनीको सेयर समेत ओरालो लागेर ४३९ मा कारोवार भएको छ । युनाइटेड मोदीको १३३ मा कारोवार भएको छ । स्टकमा हाल २१ जलविद्युत् कम्पनीका सेयर सूचीकृत छन् ।
१०० रुपैयाँमा किनेको हाइड्रोपावर केही कम्पनीहरुको सेयर ३० हजार ३२ सय रुपैयाँसम्म पुगेको थियो भने ८र ९ सय रुपैयाँ त अधिकांशको पुगेको थियो । गुणात्मक किसिमले मूल्य बढेपछि लगानीकर्ता आकर्षित हुनु स्वभाविक पनि थियो । तर, केही समययता हाइड्रोपावर कम्पनीको सेयर निरन्तर ओरालो लागेको छ । नेप्से इन्डेक्स ओरालो लाग्दा त्यसको सबैभन्दा ठूलो असर हाइड्रोपावरमा देखिएको छ ।

अधिकाशं हाइड्रोपावर कम्पनीका सेयर मूल्य फेस भ्याल्यू वरपर नै आएका छन् भने केही कम्पनीका सेयर फेस भ्याल्यू अर्थात् १०० रुपैयाँ भन्दा तल पुगेका छन् । यसले होइड्रोपावर कम्पनीको सेयर खरिद गर्न चाहने लगानीकर्तालाई समेत हच्काएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार बुधबार कारोवार भएका अधिकाशं कम्पनीका सेयर ओरालो लागेको छन् । समग्रमा जलविद्युत् कम्पनीको सेयर २१.२४ बिन्दुले घटेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।