logo

पूर्वराजा ज्ञानेन्द्रको कम्पनीले बढायो सोल्टी होटलमा शेयर स्वामित्व, किन्यो ७४ लाख कित्ता

    1857   पटक पढिएको

२९ मंसिर / अर्थ र व्यापार - पूर्वराजा ज्ञानेन्द्र शाहका परिवारको कम्पनीले सोल्टी होटलमा आफ्नो लगानी बढाएको छ। शाहसहित उनको परिवारको प्रमुख शेयर रहेको सोल्टी इन्टरप्राइजेजले हङकङको होलिडे इन्स इन्भेष्टमेन्ट नेपालको शेयर खरिद गरेको हो। 

इन्टरप्राइजेजले ७३ लाख २६ हजार ७ सय १ कित्ता शेयर ७२ लाख ५० हजार अमेरिकी डलरमा खरिद गरेको हो। बिक्रीपछि प्राप्त रकम हङकङ लैजान होलिडे इन्स इन्भेष्टमेन्ट नेपालले प्रक्रिया अगाडि बढाएको छ। कारोबारको सम्पूर्ण सम्झौता भए पनि दोस्रो बजारमा भने अहिलेसम्म कारोबार भएको छैन।

खरिद-बिक्रीको सम्झौता सम्पन्न भए पनि डिम्याट खातामा शेयर सार्नका लागि दोस्रो बजारमा कारोबार हुनु पर्छ। इन्टरकन्टिनेन्टल होटल ग्रुपको सहायक कम्पनीको रूपमा रहेको होलिडे इन्सले नेपालबाट लगानी फिर्ता लैजान लागेको हो। तर इन्टरकन्टिनेन्टलको व्यवस्थापन भने यथावत हुने छ। यो समुहले विश्वका धेरै होटलमा व्यवस्थापनको काम गर्दै आएको छ। 

होलिडे इन्स इन्भेष्टमेन्टको लगानी नेपालमा मात्रै बाँकी थियो। शेयरमा लगानी गर्ने भन्दा पनि व्यवस्थापकीय सेवामा मात्रै केन्द्रीत हुने भन्दै उसले पछिल्लो समय आफ्नो नाममा रहेको सम्पूर्ण शेयर बिक्री गर्दै आएको छ। सन् १९७५ मा सोल्टीलाई पब्लिक लिमिटेडका रूपमा परिणत गरि आइसीएफसी, एनआइडीसी, नेपाल एयरलाइन्स, ओबेरोय होटल र अन्य केही लगानीकर्तालाई भित्र्याइएको थियो। तर एनआइडीसी र आइसीएफसीले सन् २००१ मा आफ्नो शेयर बिक्री गर्ने भएपछि राज परिवारले हङकङको होलिडे इन्स इन्भेष्टमेन्टलाई भित्र्याएको थियो।

 एनआइडीसीले आफ्नो नामको सबै शेयर सर्वसाधारणहरुलाई बोलकबोल गरेर बिक्री गरेको थियो। जुन अहिले बजारमा कारोबार भइरहेको छ। आइसीएफसीको १४ प्रतिशतमध्ये १० प्रतिशत होलिडे इन्स र बाँकी चार प्रतिशत शेयर सर्वसाधारणले खरिद गरेका थिए। चार प्रतिशत बोलकबोल गर्ने क्रममा सर्वसाधारणको हातमा पुगेको थियो। 

पूर्वराज परिवारले नै भित्र्याएको यो समुहको शेयर अहिले आफैंले खरिद गरेर होल्डिङ बढाएको हो। हाल यस समुहको बजार हिस्सा ३९ प्रतिशत छ। होलिडे इन्सको शेयर खरिद गरेसँगै शेयर हिस्सा ४९ प्रतिशत पुग्ने छ। सुरूवाती अवस्थाको ओबेरोय होटल्सले पनि २०११ मा आफ्नो शेयर बिक्री गरेर बाहिरिएको थियो। उक्त शेयरमार्फत रविभक्त श्रेष्ठको प्रवेश भएको थियो। जतिबेला ओबेरोयको ६.८ प्रतिशत शेयर श्रेष्ठको शिवकिरम ल्याण्ड एण्ड इण्डष्ट्रियल कम्पनीले खरिद गरेको थियो।
 
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तयारी पोशाक उद्योग संघद्वारा तेत्तीस लाख तेत्तीस हजार हस्तान्तरण

नेपाल तयारी पोशाक उद्योग संघ तथा संघका सदस्यहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी रु.तेत्तीस लाख तेत्तीस हजार तीन सय तेत्तीस रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको छ

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।