logo

फेसबुकद्वारा वित्तिय विवरण सार्वजनिक, ६८८ करोड डलर नाफा

    1465   पटक पढिएको

१७ माघ /अर्थ र व्यापार - फेसबुकले सन् २०१८ को अक्टोबर–डिसेम्बर त्रैमासमा ६८८ करोड डलर नाफा कमाएको वित्तिय विवरण सार्वजनिक गरेको छ । यो हालसम्मको सबैभन्दा धेरै त्रैमासिक मुनाफा हो । सन् २०१७ को डिसेम्बर त्रैमासका तुलनामा कम्पनीको मुनाफामा ६१ प्रतिशतले बढोत्तरी भएको हो । यस अवधिमा कम्पनीको आम्दानी ३० प्रतिशतले बढेर एक हजार ६९१ करोड डलर पुगेको छ । यसमा विज्ञापन आम्दानीको सबैभन्दा धेरै ९३ प्रतिशत हिस्सेदारी रहेको छ ।

फेसबुकको उत्कृष्ट त्रैमासिक नतिजाका कारण अमेरिकी शेयर बजारमा कम्पनीको शेयर बुधबार टेडिङ्ग आवर पछि १२ प्रतिशतले उकालो लागेको थियो । शेयरमा तीव्रता देखिएसँगै कम्पनीको बजार पूँजीकरण ५ हजार २६८ करोड डलरले वृद्धि भएको छ ।
फेसबुकको दैनिक र मासिक सक्रिय प्रयोगकर्ताहरुको संख्यामा ८.६ प्रतिशतले वृद्धि भएको छ । २०१८ को डिसेम्बर त्रैमासमा दैनिक सक्रिय प्रयोगकर्ताहरुको संख्या १५२ करोड मासिक सक्रिय प्रयोगकर्ताहरुको संख्या २३२ करोड पुगेको छ ।

अक्टोबर–डिसेम्बर त्रैमासमा पीआर फर्म र डेटा लीक जस्ता विवादका बाबजुद फेसबुकको वित्तिय विवरण सकारात्मक देखिएको छ । साथै प्रयोगकर्ताहरुको संख्या र आम्दानी वृद्धि राम्रो भएका कारण कम्पनीले रेकर्ड मुनाफा आर्जन गर्न सफल भएको छ ।
फेसबुकका सीईओ मार्क जुकरवर्गका अनुसार, यो वर्ष कम्पनीले प्रोडक्ट डेभलपमेन्टमा फोकस गर्नेछ । उनले भने म्यासेजिङ, पेमेन्ट, भिडियो र हार्डवेयरमा लगानीका माध्यमबाट राम्रो सेवा दिइनेछ । 
 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तयारी पोशाक उद्योग संघद्वारा तेत्तीस लाख तेत्तीस हजार हस्तान्तरण

नेपाल तयारी पोशाक उद्योग संघ तथा संघका सदस्यहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी रु.तेत्तीस लाख तेत्तीस हजार तीन सय तेत्तीस रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको छ

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।