logo

बजारमा नेशनल हाइड्रोको सेयरको माग उच्च, आपूर्ति भने कुमारी बैंकको, १६१ करोडको कारोबार

    1625   पटक पढिएको

२० माघ / अर्थ र व्यापार - सेयर बजारमा एक अर्ब ६१ करोड रुपैयाँको कारोबारसहित सूचक साढे २ अंकले उक्लिएको छ। दिनभरी नै हरियो - नीलो भएको बजार अन्ततस् बढेर बन्द भएको हो।

सूचक १३४९ अंकमा बन्द भएको छ। दिनभरिमा १७७ कम्पनीका सेयर किनबेच भएका छन्। नेको इन्स्योरेन्सको सबैभन्दा बढी साढे ६ करोडको किनबेच भएको छ भने ग्लोबल आइएमइ बैंको पाँच करोड रूपैयाँको भएको छ।

वाणिज्य बैंक समूह ओरालो लाग्दा समग्र बजार घटेको हो। यद्यपी विकास बैंक र निर्जीवन बीमा कम्पनीको सेयर सूचक बढेको छ। 

सोमबार ७७ वटा कम्पनीको सेयर मूल्य घटेको छ। ८३ वटाको बढेको छ। बजारमा नेशनल हाइड्रोपावर कम्पनीको अढाइ लाख कित्ता सेयरको माग भएको थियो।

सबैभन्दा बढि सेयर आपूर्ति भने कुमारी बैंक, प्रभु बैंक र सेञ्चुरी बैंकको भएको थियो। रसुवागढी हाइड्रोपावर कम्पनीका लगानीकर्ता एकदमै सक्रिय देखिएका थिए। 

बजारबाट सोमबार गरिमा विकास बैंक, नेशाल हाइड्रोपावर र छ्याङ्दी हाइड्रोपावरका लगानीकर्ताले सर्वा्धिक कमाएका छन्। कम्पनीको सेयर मूल्य ९ प्रतिशत माथिले बढेको छ। धेरै गुमाउनेमा मल्टीप्रपोज फाइनान्स र युनियन हाइड्रोपावरका लगानीकर्ता छन्।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तयारी पोशाक उद्योग संघद्वारा तेत्तीस लाख तेत्तीस हजार हस्तान्तरण

नेपाल तयारी पोशाक उद्योग संघ तथा संघका सदस्यहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी रु.तेत्तीस लाख तेत्तीस हजार तीन सय तेत्तीस रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको छ

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।