logo

चन्द्रागिरी हिल्सको आईपीओ आजदेखि सर्वसाधारणको लागि विक्री खुला

    1488   पटक पढिएको

२४ पुस/अर्थ र व्यापार– चन्द्रागिरी हिल्सको आईपीओ आज शुक्रवारदेखि सर्वसाधारणको लागि विक्रीे खुला भएको छ । कम्पनीले यसअघि स्थानिय बासिन्दाका लागि आईपीओ निष्कासन गरिसकेको छ ।

कम्पनीले  कुल १५ लाख ३४ हजार ९१ कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । जसमध्ये ६१ हजार ३६४ कित्ता कर्मचारीको लागि, ७६ हजार ७०५ कित्ता सामुहिक लगानी कोषको लागि र बाँकी १३ लाख ९६ हजार २२ कित्ता साधारण शेयर सर्वसाधारणको लागि बिक्री खुला गरेको हो ।

आईपीओमा आवेदकले न्यूनतम १० कित्ता र अधिकतम १३ हजार ९६० कित्ताको लागि आवेदन गर्न सक्नेछन् । आईपीओ निष्कासन बन्द मिति छिटोमा पुस २८ र ढिलोमा माघ ९ गतेसम्म रहेको छ ।

कम्पनीले निष्कासन गर्ने आईपीओलाई इक्रा नेपालले ईक्रा एनपी आर डबल बी रेटिङ प्रदान गरेको छ । यस्तो रेटिङले मध्यम स्तरको क्रेटिड जोखिम भन्ने बुझाउँछ । आईपीओ निष्कासन तथा विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।

आईपीओमा आवेदन दिनका लागि आवेदकले सि आस्बा सेवा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो शेयरमार्फत आवेदन दिन सक्नेछन् ।

आईपीओ बाँडफाँट पछि कम्पनीको चुक्तापूँजी रू. १ अर्ब ५३ करोड ४० लाख ९०१ हजार पुग्नेछ । 
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।