logo

बजेट घोषणासंगै अधिकाशं कम्पनीहरुका शेयर मूल्य बढ्यो

    1046   पटक पढिएको

१६ जेठ /अर्थ र व्यापार - आज अधिकाशं कम्पनीहरुका शेयर मूल्य बढेको छ भने सूचकमा दोहोरो अंकले सुधार आएको छ । लगानीकर्ताहरुले बजेट पुँजी बजारमैत्री भएको टिप्पणी गरेपछि नेप्सेमा सकारात्मक प्रभाव परेको हो ।सेयर बजारमा एनआरएन भित्र्याउने विषय, कमर्सियल बैंक र बीमा कम्पनीहरुलाई बिग मर्जरमा प्रोत्साहन लगायतका विषयले सेयर बजारले फड्को मार्ने लगानीकर्ताहरु बताउँछन् ।

त्यस्तै लामो समयदेखि सेयर लगानीकर्तालाई अन्योल जस्तै बनाएको पुँजीगत लाभकरको दरको व्यवस्थामा भएको स्पष्टताले लगानीकर्तालाई निकै उत्साही बनाएको बताए । बुधबार सार्वजानिक बजेटमा व्यक्तिगत लगानीकर्ताले तिर्दै आएको ७।५ प्रतिशत लाभकर तिर्ने घटाएर ५ प्रतिशत मा सीमित गरिएको छ ।

सेयर कारोबारमा भारित औसत लागत (वेटेड एन्ड एभरेज) विधिबाट कर लागू गरिने भएको छ । त्यसैगरी, सामूहिक लगानीकोष भित्र्याउने कुरा, निमायक निकाय नेपाल स्टक एक्सेचञ्ज, सेबोनको क्षमता वृद्धि गर्ने, सेयर कारोबारलाई पूर्ण अनलाईनमा लैजाने विषयले सेयर कारोबारमा थप प्रभाविकारिता ल्याउने उनको विश्वास छ ।

यद्दपि, लगानीकर्ताले भने स्वंयमित भएर कम्पनीहरुको आधारभूत पक्ष अध्ययन गरेर लगानी गर्नु उचित हुनेछ । हतार र आवेगमा भन्दा पनि संयमित भएर निर्णय लिन सक्नुपर्छ ।


 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।