logo

बजार सुधार हुन थालेपछि सस्ता कम्पनी उठाउन थाले लगानीकर्ता, बैंकको ब्रोकर अफिसमा मार्के्टिङ

    1456   पटक पढिएको

१९ मंसिर  / अर्थ र व्यापार - शेयर बजार सुधार  हुन थालेपछि लगानीकर्ताको ध्यान सस्ता र राम्रा कम्पनीमा देखिन थालेको छ। बजार तल्लो विन्दुमा झर्ने क्रममा लगानीकर्ताले सस्तोमा शेयर उठाउन थालेका छन्। 
बैंकहरुले व्याजदर घटाउन थालेसँगै लगानीकर्ता शेयर बजारप्रति आकर्षण बढेको हो। ठूला ठूला उद्योगमा कर्जाको माग आउन छाडेपछि बैंकहरु मार्जीन प्रकृतिका र स(साना कर्जामा केन्द्रित हुन थालेका हुन्।

 बैंकहरुका प्रतिनिधि ब्रोकर कार्यालयमै गएर शेयर कर्जाको लागि मार्के्टिङ गरिरहेका छन्। शेयर बजार सबैभन्दा तल्लो बिन्दुमा झरेको विश्लेषण गर्दै अहिलेको अवस्थामा ऋण दिन उपयुक्त भएको भन्दै बैंकहरु यसतर्फ केन्द्रित भएका हुन्। अहिलेको अवस्थामा शेयर कर्जा प्रवाह गर्दा बैंकहरुले मार्जीन कलको लागि टाउको दुखाउनु पर्दैन भन्ने विश्लेषण उनीहरुको छ। 

पैसा हुनेहरुको लागि शेयर खरिद गर्ने उपयुक्त समय भएको विश्लेषकहरुले बताउँदै आएका छन्। तर केहि दिन बजार सुधार भए जस्तो हुन्छ। पुनः बजार पुरानै गतिमा फर्कने अवस्थाले लगानीकर्ता डिप्रेस छन्। यस्तो अवस्थामा लगानीकर्ताको मनोवल कमजोर हुँदै आएको छ।

शेयर बजारमा लगानीकर्ताको मनोबलले धेरै हदसम्म काम गर्छ। हाल सरकारको कारणले लगानीकर्ताको मनोबल कमजोर हुँदै आएको विश्लेषकहरु बताउँछन्। यसैले गर्दा विगत ८र९ महिनाको अवधिमा शेयर बजार ११र१२ सयको अंक वरिपरी घुमिरहेको छ।  पछिल्लो तीन दिनमा शेयर बजार लगातार सुधार हुने क्रममा झण्डै २० अंकले बढेको छ। बिहीबार शेयर बजार ७.४५ अंकले सुधार देखिएको छ। बीमा कम्पनी र माइक्रोफाइनान्सले बजार ’लिड’ गरिरहेका छन्। सूचकमा सुधार भएसँगै कारोबार रकम पनि विस्तारै बढिरहेको छ। 

तुलनात्मक रुपमा बीमा कम्पनी र माइक्रोफाइनान्सको शेयर मूल्य बढि हुने गरेको छ। बजार घट्ने क्रममा यस्ता कम्पनीको शेयर मूल्य तल्लो विन्दुमा छ। बजार सुधार हुँदा यी कम्पनीबाट राम्रो पूँजीगत लाभ लिन सक्ने अनुमाले लगानीकर्ताको ध्यान बीमा र माइक्रोफाइनान्समा परेको हो।

बिहीबार सबैभन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको तीन करोड ५१ लाख रुपैयाँको खरिद बिक्री भएको छ। सबैभन्दा धेरै कारोबार हुने कम्पनीहरु मिश्रित छन्। यसको अर्थ लगानीकर्ताहरुले कम्पनी छानिछानी शेयर खरिद गरिरहेका छन्। शेयर मूल्य अधिकतम बढ्नेमा बीमा र माइक्रोफाइनान्स बढि छन्। सबै सूचक सुधार हुँदा उत्पादन तथा प्रशोधन अन्तर्गका कम्पनीको सूचक घटेको छ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तयारी पोशाक उद्योग संघद्वारा तेत्तीस लाख तेत्तीस हजार हस्तान्तरण

नेपाल तयारी पोशाक उद्योग संघ तथा संघका सदस्यहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी रु.तेत्तीस लाख तेत्तीस हजार तीन सय तेत्तीस रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको छ

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।