logo

नप्सेको ४० प्रतिशत लाभांश पारित

    1714   पटक पढिएको

२९ षुस / अर्थ र व्यापार - नेपाल स्टक एक्सचेञ्जको ४० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ। आज (पुस २९ गते) सम्पन्न नेप्सेको २७ औँ वार्षिक साधारण सभाले सो प्रस्ताव पारित गरेको हो।

नेप्सेले हाल कायम चुक्ता पूँजीको ४० प्रतिशतका दरले हुन आउने रकम २० करोड नगद लाभांश वितरण गर्नेछ। उक्त रकम शेयर संरचनाको आधारमा नेपाल सरकार, नेपाल राष्ट्र बैंक, राष्ट्रिय वाणिज्य बैंक र पछिल्लो समयमा नेप्सेको शेयर खरिद गरेका कर्मचारी सञ्चय कोष, लक्ष्मी बैंक तथा प्रभु बैंक र अन्यले प्राप्त गर्नेछन्।

सभाले गत आर्थिक वर्षको वित्तीय विवरण पनि पारित गरेको छ। नेप्सेले आर्थिक वर्ष २०७५/७६ मा २८ करोड खुद नाफा आर्जन गरेको थियो। अघिल्लो आर्थिक वर्षमा नेप्सेले २६ करोड खुद नाफा आर्जन गरेको थियो।

सभामा प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने विशेष प्रस्ताव पनि रहेको थियो। संशोधनका लागि धितोपत्र बोर्डसँग समन्वय गर्नुपर्ने भएका कारण सो सभामा पारित गर्न नसकिएको नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले बताए।

चालु आर्थिक वर्ष्भित्रै विशेष साधारण सभा आयोजना गरी उक्त प्रबन्धपत्र विनियमावली पारित गर्ने उनको भनाइ छ। यी प्रबन्धपत्र नियमावली संशोधन गर्ने प्रस्ताव पारित नभएका कारण पछिल्लो समय केन्द्रिय बैंकले बिक्री गरेको शेयर खरिद गरेका कम्पनीका प्रतिनिधिहरु सञ्चालक समितिमा जान पाएनन्।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तयारी पोशाक उद्योग संघद्वारा तेत्तीस लाख तेत्तीस हजार हस्तान्तरण

नेपाल तयारी पोशाक उद्योग संघ तथा संघका सदस्यहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी रु.तेत्तीस लाख तेत्तीस हजार तीन सय तेत्तीस रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको छ

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।