४ भदौ/अर्थ र व्यापार – यस साताको चौथो कारोबार दिन बुधबार सेयर बजारको परिसूचक नेप्से ९ दशमलब ७० अंकले घटेर २७ सय ६७ विन्दुमा कायम भएको छ ।
अघिल्लो दिनको तुलनामा कारोबार रकम पनि घटेको छ । यसदिन जम्मा ५ अर्ब २० करोड रुपैयाँको सेयर कारोबरा भएको छ । अघिल्लो दिन ५ अर्ब ६३ करोडको सेयर कारोबार भएको थियो । बुधबारबाट नेप्से कारोबारमा आएको पहिलोदिन विकास हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशत बढेर प्रतिकित्ता ३ सय २१ रुपैयाँ पुगेको छ ।
यसदिन ५९ कम्पनीको मूल्य बढ्दा १ सय ८८ को घटेको छ । २ वटाको स्थिर रहेको छ । होटल तथा पर्यटन उपसमूहको सेयरमुल्य सबैभन्दा धेरै २ दशमलब ०३ प्रतिशतले बढेको छ । व्यापार उपसमूहको सबैभन्दा धेरै १.०६ प्रतिशतले घटेको छ । बाँकी सबै उपसमूहको सेयरमूलय घटेको छ ।
यसदिन बैंकिङ उपसमूहको ०.१९ प्रतिशत , विकास बैंक उपसमूहको ०.७६ प्रतिशत , फाइनान्स उपसमूहको ०.५३ प्रतिशत, हाइड्रोपावर उपसमूहको ०.५८ प्रतिशत, लगानी उपसमूहको ०.३९ प्रतिशत, जीवन बीमा उपसमूहको ०.३२ प्रतिशत, उत्पादन तथा प्रशोधन उपसमूहको ०.६७ प्रतिशत, माइक्रोफाइनान्स उपसमूहको ०.४० प्रतिशत, निर्जीवन बीमा उपसमूहको ०.५८ प्रतिशत र अन्य उपसमूहको ०.१० प्रतिशतले सेयरमुल्य घटेको छ ।
कारोबारमा आएको पहिलो दिन नै विकास हाइड्रोपावरको सेयरमूल्य १० प्रतिशतले बढेको छ । यसैगरी, चन्द्रागिरि हिल्सको ७ दशमलब ४२ प्रतिशत, सगरमाथा जलविद्युत् कम्पनीको ३ दशमलब ८४ प्रतिशत, विन्ध्यबासिनी हाइड्रोपावरको ३ दशमलब ७४ प्रतिशतले सेयरमूल्य बढेको छ ।
धेरै कारोबार भएका पाँच कम्पनीहरुमा नेपाल पुनर्बीमा, हिमालयन रिइन्स्योरेन्स, चन्द्रागिरि हिल्स, युनाइटेड मोदी हाइड्रोपावर र राधि विद्युत् क्रमशः अगाडि रहेका छन् ।
तपाईको प्रतिक्रिया