२७ साउन/अर्थ र व्यापार – बैंकहरूको नाफा बृद्धिले पनि सेयर बजारको गिरावट नरोकिएर मंगलबार सेयर बजारको परिसूचक नेप्से २८ सयभन्दा तल झरेको छ । यस साताको तेस्रो कारोबार दिन मंगलबार नेप्से परिसूचक २६ दशमलब २२ अंकले घटेर २७ सय ९६ दशमलब २४ विन्दुमा कायम भएको छ ।
२४ कम्पनीको मूल्य बढेको छ । २ सय २५ वटा कम्पनीको सेयरमूल्य घटेको छ । एउटा कम्पनीको सेयरमूल्य स्थिर रहेको छ । यसदिन अघिल्लो दिनको भन्दा कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन १० अर्ब २१ करोडको कारोबार भएकोमा मंगलबार ६ अर्ब ९१ करोड ८९ लाख ८३ हजार ५ सय ७ रुपैयाँको सेयर कारोबार भएको छ ।
होटल तथा पर्यटन बाहेक सबै उपसमूहका सूचक घटेका छन् । होटल तथा पर्यटन उपसमूहको १.३२ प्रतिशतले बढ्यो । बैंकिङ उपसमूहको ०.९४ प्रतिशत, विकास बैंक उपसमूहको ०.७६ प्रतिशत, फाइनान्स उपसमूहको १.५३ प्रतिशत, हाइड्रोपावर उपसमूहको १.२६ प्रतिशतले सेयरमुल्य घटेको छ ।
लगानी उपसमूहको ०.६६ प्रतिशत, जीवन बीमा उपसमूहको १.०६ प्रतिशत, उत्पादन तथा प्रशोधन उपसमूहको १. प्रतिशत, माइक्रोफाइनान्स उपसमूहको १.४९ प्रतिशत, निर्जीवन बीमा उपसमूहको ०.८१प्रतिशत , अन्य उपसमूहको ०.६२ प्रतिशत र व्यापार उपसमूहको ०.८६ प्रतिशतले सेयरमुल्य घटेको छ ।
यसदिन सिक्लेस हाइड्रोपावरको सेयरमूल्य १० प्रतिशतले घटेको छ । उन्नति सहकार्य लघुवित्तको ८ प्रतिशत, लक्ष्मी लघुवित्तको ६.१४ प्रतिशतले सेयरमूल्य घटेको छ ।
धेरै कारोबार भएका कम्पनीमा नेपाल पुनर्बीमा, हिमालयन रिइन्स्योरेन्स, लुम्बिनी विकास बैंक, शिवम् सिमेन्ट र बुटवल पावर क्रमशः अगाडि छन् । यसदिन सिटी होटलको मूल्य १० प्रतिशतले बढेको छ । यो कम्पनीको हकप्रद सेयर निष्कासनका लागि मूल्य समायोजन भएपछि १० प्रतिशत बढेको हो । समाज लघुवित्तको ४.३४ प्रतिशत, कालिका पावरको २.३७ प्रतिशतले सेयरमूल्य बढेको छ ।
तपाईको प्रतिक्रिया