logo

नेप्से १८.३० अंकले बढ्यो,सेयर बजारका सबै सूचकमा हरियाली

    190   पटक पढिएको


२२ साउन/अर्थ र व्यापार– यस साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजारका सबै सूचक बढेका छन् । नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा १८ दशमलब ३० अंकले बढेर २८ सय ५० विन्दुमा पुगेको छ ।
यसदिन १ सय ८७ वटा कम्पनीको सेयरमूल्य बढेको छ । ६२ वटा कम्पनीको सेयरमुल्य घट्यो । कारोबार रकम केही बढेको छ । अघिल्लो दिन ७ अर्ब ६३ करोडको कारोबार भएकोमा बिहीबार ८ अर्ब ५३ करोडको सेयर कारोबार भएको छ ।
फाइनान्स उपसमूहको सेयरमुल्य सूचक सबैभन्दा धेरै १ दशमलब ३८ प्रतिशतले बढेको छ ।
बैंकिङ उपसमूहको ०.४३, विकास बैंक उपसमूहको ०.४२, होटल तथा पर्यटन उपसमूहको ०.६०, हाइड्रोपावर उपसमूहको ०.७५, लगानी उपसमूहको ०.३०, जीवन बीमा उपसमूहको ०.७६, उत्पादन तथा प्रशोधन उपसमूहको १.१२, माइक्रोफाइनान्स उपसमूहको ०.३६, निर्जीवन बीमा उपसमूहको ०.४२, अन्य उपसमूहको १.०३ प्रतिशत र व्यापार उपसमूहको ०.९९ प्रतिशतले बढेको छ ।
सिक्लेस हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै ९ दशमलब ८१ प्रतिशतले बढेको छ । त्यस्तै बरुण हाइड्रोपावरको ९.७८ प्रतिशत, मकर जितुमाया सुरी हाइड्रोपावरकमो ७.५६ प्रतिशत, खानीखोला हाइड्रोपावरको ६.१९ प्रतिशत, लिबर्टी इनर्जीको ५.७२ प्रतिशत, आईसीएफसी फाइनान्सको ४.४२ प्रतिशतले बढेको छ ।
उन्नति सहकार्य लघुवित्तको मूल्य सबैभन्दा धेरे ८.२६ प्रतिशत घटेको छ । समाज लघुवित्तको ५.४२ प्रतिशत, सान्भी इनर्जीको २.७१ प्रतिशत र मैलुङखोला जलविद्युतको २.६९ प्रतिशतले घटेको छ ।
यसदिन धेरै कारोबार भएका कम्पनीमा लिबर्टी इनर्जी, शिवम् सिमेन्ट, हिमालयन रिइन्स्योरेन्स, नेपाल पुनर्बीमा तथा युनाइटेड मोदी हाइड्रोपावर क्रमशः अगाडि रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।