१९ साउन/अर्थ र व्यापार – यसअघि लगातारको तीनदिनको गिरावटपछि सेयर बजारमा केही सुधार आएको छ । यस साताको कारोबारको दोस्रो दिन सोमबार सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १६ दशमलब ६५ अंकले बढेर २८ सय ७५ दशमलब ५५ विन्दुमा पुगेको छ ।
सोमबार नेप्सेमा कुल १० अर्ब ८२ करोड २४ लाख ४९ हजार ४ सय २ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । अघिल्लो दिन १२ अर्ब ८४ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो ।
सोमबार कारोबारमा आएकामध्ये १ सय ४० वटा कम्पनीको सेयरमूल्य बढ्दा १ सय १० वटा कम्पनीको सेयरमूल्य घटेको छ । अघिल्लो कारोबार दिन आइतबार नेप्से ६३ अंकले घटेको थियो भने गत बिहीबार पनि ३१ अंकले र बुधबार ४७ अंकले नेप्से घटेको थियो ।
यसदिन बैंकिङ ०.६८ प्रतिशत बढ्यो । त्यस्तै जीवन बीमा ०.४३, माइक्रोफाइनान्स ०.५६, हाइड्रोपावर ०.०९ प्रतिशत बढे । होटल तथा पर्यटन ०.३९, विकास बैंक ०.०६, अन्य ०.४२, उत्पादन तथा प्रशोधन ०.२१, निर्जीवन बीमा ०.५३ तथा फाइनान्स ०.८२ प्रतिशत घटे ।
सिक्लेस हाइड्रोपावरको ५.७३, स्वेतगंगा हाइड्रोपावरको ५.१२, विन्ध्यबासिनी हाइड्रोपावरको ४.७२ तथा माछापुच्छ्रे बैंकको ४.५१ प्रतिशत मूल्य बढ्यो । अघिल्लो दिनसम्म १० प्रतिशत मूल्य बढेको ट्रेड टावर आज १० प्रतिशत घट्यो । त्यस्तै थ्रीस्टार हाइड्रोपावरको ३.२६, नेपाल फाइनान्सको ३.१४ तथा सप्तकोशी विकास बैंकको ३.१४ प्रतिशत मूल्य घट्यो ।
धेरै कारोबार भएका पाँच कम्पनीमा हिमालयन रि इन्स्योरेन्स, शिवम् सिमेन्ट, हिमालयन डिस्टिलरी, ङयादी ग्रुप पावर र नेपाल पुर्नबीमा क्रमशः अगाडि रहेको छ ।
तपाईको प्रतिक्रिया