१८ साउन/अर्थ र व्यापार – यस साताको पहिलो दिन आइतबार सेयर बजार परिसूचक नेप्से ६३ दशमलब ७३ अंकले घटेर २८ सय ५८ विन्दुमा झरेको छ ।
बजारमा कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन १५ अर्ब ९८ करोडको कारोबार भएकोमा यसदिन १३ अर्ब ७ करोड ५० लाख ४ हजार ९ सय २० रूपैयाँको कारोबार भएको छ ।
२ सय ३३ वटा कम्पनीको सेयरमुल्य घटेको छ । १६ वटा कम्पनीको सेयरमूल्य बढेको छ । सबै उपसमूहको सूचक घटेका छन् ।
अन्य उपसमूहको सबैभन्दा धेरै ३ दशमलब ४८ प्रतिशत घटेको छ । बैंकिङ उपसमूहको २ दशमलब २७ प्रतिशत,विकास बैंक उपसमूहको १ दशमलब ६६ प्रतिशत, फाइनान्स उपसमूहको १ दशमलब ६६ प्रतिशत, होटल तथा पर्यटन उपसमूहको १ दशमलब १७ प्रतिशत, हाइड्रोपावर उपसमूहको १ दशमलब ३० प्रतिशत, लगानी उपसमूहको २ दशमलब १९ प्रतिशत, जीवन बीमा उपसमूहको २ दशमलब १६ प्रतिशतले घटेको छ ।
उत्पादन तथा प्रशोधन उपसमूहको २ दशमलब ४४ प्रतिशत, माइक्रोफाइनान्स उपसमूहको ३ दशमलब ०५ प्रतिशत, निर्जीवन बीमा उपसमूहको १ दशमलब ७३ प्रतिशत र व्यापार उपसमूहको १ दशमलब ४३ प्रतिशतले घटेको छ ।
दुई कम्पनी ट्रेड टावर र शिवश्री हाइड्रोपावरको मूल्य १० प्रतिशत बढ्यो । हालै सूचीकृत ट्रेड टावरको मूल्य ११ सय ४८ रूपैयाँ पुगेको छ । थ्रीस्टार हाइड्रोपावरको ४ दशमलब ५५, नारायणी डेभलपमेन्ट बैंकको ३ दशमलब ८६ प्रतिशत र लुम्बिनी विकास बैंकको २ दशमलब ५० प्रतिशतले बढेको छ ।
सान्भी इनर्जीको सेयरमूल्य सबैभन्दा धेरै १० प्रतिशतले घटेको छ । धेरै कारोबार भएका कम्पनीहरूमा नेपाल पुर्नबीमा, हिमालयन रि इन्स्योरेन्स, हिमालयन डिस्टिलरी, शिवम् सिमेन्ट र ङयाादी ग्रुप पावर क्रमशः अगाडि रहेको छ ।
तपाईको प्रतिक्रिया