logo

३ हजार १३ अंक पुगेर ओर्लियो सेयर बजार, साढे २६ अर्बको कारोबार

    464   पटक पढिएको


११ साउन/अर्थ र व्यापार – लगातार बढेको ८ कारोबार दिनपछि यस साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार ३ हजार १३ अंक पुगेर घटेको छ ।
अघिल्लो दिनको तुलनामा बजारको परिसूचक नेप्से १८ दशमलब ४४ अंकले घटेर २९ सय ६४ दशमलब २० विन्दुमा कायम भएको छ । कारोबार सुरु भएपछि बढेको बजार यसदिन १२ ः ५१ बजे ३ हजार १३ अंकसम्म पुगेको थियो । त्यसपछि बिक्री चाप बढ्यो र क्रमशः ओरालो भई बजार घटेर यो विन्दुमा झरेको हो ।
गत वर्ष ३० साउनमा कारोबार बन्द हुँदा नेप्से परिसूचक ३ हजार अंकमै पुगेको थियो । अहिले सोही अंकलाई बजारले प्रतिरोधका रुपमा सामना गरेको छ । ४ वर्षअघि २ भदौ २०७८ मा पनि नेप्से परिसूचक ३१ सय ९८ अंक पुगेर ऐतिहासिक रेकर्ड बनाएको थियो ।
आइतबार कारोबार रकम पनि उल्लेख्य बढेको छ । गत बिहीबार १८ अर्ब ४९ करोडको कारोबार भएकोमा यसदिन २६ अर्ब ५७ करोड ७४ लाख ३८ हजार २ सय ५७ रूपैयाँको सेयर कारोबार भएको छ । यो कारोबार रकम गत वर्षको २ भदौ यताकै उच्च हो । त्यसदिन २८ अर्ब ८३ करोडको कारोबार भएको थियो । गत वर्षको ३० साउनमा हालसम्मकै उच्च २९ अर्ब ९५ करोडको सेयर कारोबार भएको रेकर्ड छ ।
यसदिनको कारोबारमा पनि हाइड्रोपावर उपसमूहका सेयरमूल्य सबैभन्दा धेरै बढेको छ । सो समूहको मात्र ११ अर्ब ६२ करोडको कारोबार भएको छ । त्यसपछि विकास बैंक उपसमूहको , माइक्रोफाइनान्स उपसमूहको र उत्पादन उपसमूहको सेयरमुल्य बढेको छ ।
आइतबार ६३ वटा कम्पनीको मूल्य बढ्दा १ सय ८६ वटाको घटेको छ । यसदिन विकास बैंक उपसमूहको १.२३ प्रतिशत, उत्पादन तथा प्रशोधन उपसमूहको १.०८ प्रतिशत व्यापार उपसमूहको १.४४ प्रतिशतले सेयरमूल्य बढेको छ । माइक्रोफाइनान्स उपसमूहको १ अंकमुनि हरियो ररेको छ ।
यसदिन सबैभन्दा धेरै फाइनान्स उपसमूहको सेयरमूल्य १.९९ प्रतिशतले घटेको छ । बैंकिङ उपसमूहको ०.७१ प्रतिशत , होटल तथा पर्यटन उपसमूहको १.७९ प्रतिशत, हाइड्रोपावर उपसमूहको १.०९, लगानी उपसमूहको १.६६, जीवन बीमा उपसमूहको १.३५, निर्जीवन बीमा उपसमूहको ०.६७ प्रतिशत र अन्य उपसमूहको ०.८६ प्रतिशतले घटेको छ ।
तीनवटा कम्पनीको सेयरमूल्य १० प्रतिशत बढ्यो । १० प्रतिशत बढेका कम्पनीमा समता घरेलु लघुवित्त, ट्रेड टावर र सान्भी इनर्जी छन् । धेरै कारोबार भएका पाँच कम्पनीमा शिवम् सिमेन्ट, ङादी ग्रुप, नेपाल पुनर्बीमा, कालिका पावर र ग्रिन भेन्चर्स छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।