logo

सेयर बजार ८०.९७ अंकले बढ्यो, २० अर्ब बढीको कारोबार

    622   पटक पढिएको


६ साउन/अर्थ र व्यापार – यस साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजार परिसूचक नेप्से ८० दशमलब ९७ अंकले बढेको छ । सो वृद्धिपछि नेप्से २९ सय ७३ दशमलब ७० विन्दुमा पुगेको छ । लामो समयपछि ह्वात्तै बढेको नेप्सेको यो अंक गत २ भदौ यताकै सबैभन्दा धेरै हो ।
यसअघि गत २ भदौमा नेप्से ३ हजार अंक पुगेको थियो । यसदिन कारोबार सुरु भएदेखि बजार अन्तिम समयसम्म निरन्तर उकालो यात्रामै लागिरहेको थियो । अघिल्लो दिनको तुलनामा कारोबार रकम पनि बढेको छ ।
अघिल्लो दिन १६ अर्ब ३२ करोडको कारोबार भएकोमा यसदिन २० अर्ब ८ करोड ५३ लाख ३७ हजार २ सय ९३ रुपैयाँको सेयर कारोबार भएको छ । २ सय ३६ वटा कम्पनीको सेयरमूल्य बढेको छ । १४ वटा कम्पनीको सेयरमूल्य घटेको छ ।
मंगलबार तीनवटा उपसमूहको सेयरमुल्य सूचक ४ प्रतिशत भन्दा धेरैले बढेको छ । उत्पादन तथा प्रशोधन उपसमूहको ४ दशमलब ६३ प्रतिशत , जीवन बीमा उपसमूहको ४ दशमलब ३६ प्रतिशत र माइक्रोफाइनान्स उपसमूहको ४ दशमलब ०७ प्रतिशतले बढेको छ ।
बैंकिङ उपसमूहको २.१०, विकास बैंक २.२६, फाइनान्स १.९४, होटल तथा पर्यटन ३.४४, हाइड्रोपावर १.९०, लगानी ३.२४, निर्जीवन बीमा २.५६, अन्य ३.२६ तथा व्यापार १.०१ प्रतिशत बढेको छ ।
तीनवटा कम्पनीको सेयरमूल्य १० प्रतिशत बढेको छ । १० प्रतिशत बढेका कम्पनीमा ट्रेड टावर, सान्भी इनर्जी र शिवम् सिमेन्ट रहेका छन् । ट्रेड टावर र सान्भी इनर्जी नयाँ कम्पनी हो । यस्तै, उन्नति सहकार्य लघुवित्तको ९.९० प्रतिशत, विन्ध्यबासिनी हाइड्रोपावरको ९.७६, सोनापुर सिमेन्टको ८.७७, इनिफिनिटी लघुवित्तको ८.३६ प्रतिशत सेयरमूल्य बढेको छ ।
यसदिन बोटलर्स नेपाल बालाजुको २.४६ प्रतिशत, ग्रिन डेभलपमेन्ट बैंकको २.१९ प्रतिशत र पन्चकन्या माइ हाइड्रोपावरको २.०३ प्रतिशतले सेयर मूल्य घटेको छ । धेरै कारोबार भएका पाँच कम्पनीमा नेपाल पुनर्बीमा, शिवम् सिमेन्ट, हिमालयन रिइन्स्योरेन्स, बुटवल पावर र ङादी ग्रुप रहेका छन् ।
यसदिन बजारको पूँजीकरण (सूचीकृत सबै सेयरको बजार मूल्य) ४९ खर्ब ६२ अर्ब रुपैयाँ पुगेको छ । सेयर बजारको यो आकार हालसम्मकै सबैभन्दा ठूलो हो । बजार बढ्दै जाँदा अब पूँजीकरणमा दैनिक नयाँ रेकर्ड बन्दै जाने सम्बन्धीत लगानीकर्ताहरु तथा सरोकारवालाहरुको अनुमान छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।