logo

सेयर बजार उत्साह, लगानीकर्ताको आकर्षण बैंकमा

    657   पटक पढिएको

२६ असार/अर्थ र व्यापार – यस साताको अन्तिक कारोबार दिन बिहीबार सेयर बजारमा उत्साह छाएको छ । अघिल्लो दिनको तुलनामा यसदिन सेयरबजार परिसूचक नेप्से २५ दशमलब ८९ अंकले बढेर २७ सय ३१ दशमलब ८० विन्दुमा कायम भएको छ ।
बिहीबार बढेर नेप्सेमा पुगेको यो अंक करिब ४ महिना यताकै उच्चतम विन्दु हो । यो अंक गत २८ फागुनयताकै उच्च हो । सो दिन दिन नेप्से २७ सय ३६ अंकमा रहेको थियो । त्यसयता नेप्से संधै २७ सय ३० अंक भन्दा मुनी रहँदै आएको थियो । यसदिन नेप्सेसँगै सेयर बजारमा कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन ७ अर्ब ४५ करोडको कारोबार भएकोमा यसदिन ९ अर्ब ६८ करोड २४ लाख ८८ हजार ७ सय ३९ रुपैयाँको सेयर कारोबार भएको छ ।
यसदिन १ सय ६१ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने ८७ वटाको घटेको छ । अघिल्लो दिन जस्तै यसदिन पनि वाणिज्य बैंकहरुको सेयरमा लगानीकर्ताको आकर्षण देखिएको छ । बैंकिङ उपसमूहको सेयरमूल्य सबैभन्दा धेरै ३ दशमलब ०२ प्रतिशतले बढेको छ ।
विकास बैंक उपसमूहको १.१२ प्रतिशत, फाइनान्स उपसमूहको ०.५१ प्रतिशत, होटल तथा पर्यटन उपसमूहको ०.१४ प्रतिशत, लगानी उपसमूहको ०.३५ प्रतिशत, जीवन बीमा उपसमूहको ०.१९ प्रतिशत, उत्पादन तथा प्रशोधन उपसमूहको ०.४५ प्रतिशत, माइक्रोफाइनान्स उपसमूहको १.४६ प्रतिशत, निर्जीवन बीमा उपसमूहको ०.२७ प्रतिशत र अन्य उपसमूहको सेयरमूल्य ०.१७ प्रतिशतले बढेको छ । व्यापार उपसमूहको ०.५३ प्रतिशत र हाइड्रोपावर उपसमूहको ०.२२ प्रतिशतले घटेको छ ।
माइखोला हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै ८.१५ प्रतिशत बढ्यो । माण्डु हाइड्रोपावरको ६.७६, समता घरेलु लघुवित्तको ६.५७, भगवती हाइड्रोपावरको ६.५२, सानिमा बैंकको ४.८० प्रतिशत मूल्य बढ्यो ।
प्रतिशतका आधारमा आज मूल्य धेरै बढेका वाणिज्य बैंकमा सानिमापछि एसबीआई, लक्ष्मी सनराइज बैंक, सिद्धार्थ बैंक, प्राइम कमर्सियल बैंक, नेपाल इन्भेस्टमेन्ट मेगा बैंक, माछापुच्छ्रे बैंक, ग्लोबल आईएमई बैंक तथा कृषि विकास बैंक अगाडि रहे । ती सबै बैंकको मूल्य ३.४५ प्रतिशतभन्दा धेरैले बढेको छ ।
यसदिन कर्पोरेट डेभलपमेन्ट बैंकको सेयरमूल्य सबैभन्दा धेरै ९.९ प्रतिशतले घटेको छ । धेरै कारोबार भएका पाँच कम्पनीमा एनआरएन इन्फ्रास्ट्रक्चर, बुटवल पावर, सानिमा बैंक, सप्तकोशी पिकास बैंक र सीईडीबी होल्डिङ्स रहेका छन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तयारी पोशाक उद्योग संघद्वारा तेत्तीस लाख तेत्तीस हजार हस्तान्तरण

नेपाल तयारी पोशाक उद्योग संघ तथा संघका सदस्यहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी रु.तेत्तीस लाख तेत्तीस हजार तीन सय तेत्तीस रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको छ

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।