logo

सेयर बजारले २७ सय नाघ्यो 

    571   पटक पढिएको



२५ असार/अर्थ र व्यापार– यस साताको चैथो कारोबार दिन बुधबार फेरि सेयर बजारले २७ सय अंक नाघेको छ । अघिल्लो दिनको तुलनामा यसदिन सेयर बजार परिसूचक नेप्से २२ दशमलब ०४ अंकले बढेर २७ सय ०५ दशमलब ९० विन्दुमा पुगेको छ ।
१ सय ९९ वटा कम्पनीको सेयरमूल्य बढेको छ । ४९ वटा कम्पनीको सेयरमूल्य घटेको छ । यसदिन कारोबार रकम पनि अघिल्लो दिनको भन्दा केही बढेको छ । अघिल्लो दिन ६ अर्ब ५७ करोडको कारोबार भएकोमा बुधबार ७ अर्ब ४५ करोड १८ लाख ७७ हजार १ सय २ रुपैयाँको सेयर कारोबार भएको छ ।
यसदिन बैंकिङ उपसमूहमा लगानीकर्ताको आकर्षण देखिएको छ । बैंकिङ उपसमूहको सेयरमूल्य सबैभन्दा धेरै १ दशमलब ६८ प्रतिशतले बढेको छ । त्यस्तै विकास बैंक उपसमूहको ०.३४ प्रतिशत, होटल तथा पर्यटन उपसमूहको ०.२८ प्रतिशत, हाइड्रोपावर उपसमूहको ०.५४ प्रतिशतले बढेको छ ।
लगानी उपसमूहको १.३७, जीवन बीमा ०.२४, उत्पादन तथा प्रशोधन ०.९५, माइक्रोफाइनान्स ०.८५, निर्जीवन बीमा ०.२४, अन्य ०.३० तथा व्यापार ०.३४ प्रतिशत बढे ।
फाइनान्स उपसमूहको ०.३८ प्रतिशत घट्यो । बरुण हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै ६.२१ प्रतिशत बढ्यो । पन्चकन्या माइ हाइड्रोपावरको ४.२८, एनआईसी एसिया बैंकको ३.९३, सीईडीबी होल्डिङ्सको ३.८८, न्यादी हाइड्रोपावरको ३.७४ प्रतिशत मूल्य बढ्यो ।
सेयर मूल्य धेरै बढेका वाणिज्य बैंकमा एनआईसी एसियापछि माछापुच्छ्रे, लक्ष्मी सनराइज, कृषि विकास, सिटिजन्स, ग्लोबल आईएमई, प्रमु र कुमारी क्रमशः छन् ।
ग्रिन डेभलपमेन्ट बैंकको ४.४१ प्रतिशत मूल्य घट्यो । पिपुल्स हाइड्रोपावरको २.७७, राप्ती हाइड्रोको २.४४ तथा खानीखोला हाइड्रोको २.२९ प्रतिशत घट्यो ।
यसदिन धेरै कारोबार भएका कम्पनीमा राधि विद्युत्, बुटवल पावर, एनआरएन इन्फ्रास्ट्रक्चर, गार्डियन माइक्रोलाइफ इन्स्योरेन्स र नेपाल पुनर्बीमा कम्पनी क्रमशः अगाडि छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।