logo

२८.९१ अंकले बढ्यो सेयर बजार

    675   पटक पढिएको


१७ असार/अर्थ र व्यापार – यस साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजारको परिसूचक नेप्से २८ दशमलब ९१ अंकले बढेको छ । यो सहित लगातार तिनदिन बजार बढेपछिको नेप्से २६ सय ६० दशमलब ३९ विन्दुमा कायम भएको छ ।
मंगलबार परिसूचकसँगै कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन ६ अर्ब ३८ करोडको कारोबार भएकोमा यसदिन ७ अर्ब ३ करोड ३० लाख ५० हजार २ सय ८६ रुपैयाँको सेयर कारोबार भएको छ ।
यसदिन २ सय १७ वटा कम्पनीको सेयरमूल्य बढेको छ । ३१ वटा कम्पनीको सेयर मुल्य घटेको छ । यसदिन अधिकांश उपसमूहको सेयरमूल्य सूचक बढेका छन् । लगानी समूह सबैभन्दा धेरै २ दशमलब ३८ प्रतिशतले बढेको छ ।
बैंकिङ उपसमूहको १ दशमलब ०९ प्रतिशत, विकास बैंक उपसमूहको १ दशमलब २१ प्रतिशत, फाइनान्स उपसमूहको ०.५५ प्रतिशत , होटल तथा पर्यटन उपसमूहको ०.५७ प्रतिशत, हाइड्रोपावर उपसमूहको १ दशमलब ३८ प्रतिशत, जीवन बीमा उपसमूहको १ दशमलब १२ प्रतिशत, माइक्रोफाइनानस उपसमूहको २ दशमलब २२ प्रतिशत, निर्जीवन बीमा उपसमूहको १ दशमलब ०५ प्रतिशत, अन्य उपसमूहको ० दशमलब ४८ प्रतिशतले बढेको छ ।

उत्पादन तथा प्रशोधन उपसमूहको सेयरमूल्य शून्य दशमलब ०७ प्रतिशतले घटेको छ । व्यापार उपसमूहको शून्य दशमलब ६१ प्रतिशतले घटेको छ । सामुदायिक लघुवित्त र न्यादी हाइड्रोपावरको ९ दशमलब ८७ प्रतिशतले बढ्यो । बरुण हाइड्रोपावरको ८.४१ प्रतिशत, राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सनको ८.३१ प्रतिशत र सपोर्ट माइक्रोफाइनान्सको ८ प्रतिशतले सेयरमूल्य बढेको छ ।
यसदिन युनिलिभर नेपालको सेयरमूल्य सबैभन्दा धेरै २ दशमलब १३ प्रतिशतले घटेको छ । कारोबार भएका पाँच कम्पनीमा एनआरएन इन्फ्रास्ट्रक्चर, राधि विद्युत्, बुटवल पावर, सप्तकोशी विकास बैंक र युनियन हाइड्रोपावर रहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तयारी पोशाक उद्योग संघद्वारा तेत्तीस लाख तेत्तीस हजार हस्तान्तरण

नेपाल तयारी पोशाक उद्योग संघ तथा संघका सदस्यहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी रु.तेत्तीस लाख तेत्तीस हजार तीन सय तेत्तीस रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको छ

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।