logo

सामान्य अंकले घट्यो नेप्से

    531   पटक पढिएको


११ असार/अर्थ र व्यापार – यस साताको चौथो कारोबार दिन बुधबार सेयर बजार परिसूचक नेप्से समान्य अंकले घटेको छ । यसदिन नेप्से ०.३३ अंकले घटेर २६ सय दशमलब २० विन्दुमा झरेको छ ।
नेप्से परिसूचकसँगै सेन्सेटिभ इन्डेक्स पनि सामान्य घटेको छ । आगामी आर्थिक वर्षको मौद्रिक नीति तथा सूचीकृत कम्पनीको चालु आव चौथो त्रैमासको वित्तीय विवरण पर्खेका लगानीकर्ता अहिले सेयर बजारमा देखिएको साइडवेजका कारण थप अन्योलमा देखिएका छन् । मौद्रिक नीति र चालु आवको विवरण नआएसम्म लगानी बढाउने वा घटाउने निर्णय गर्न नसक्दा सेयर बजारले अपेक्षाकृत रुपमा गति लिन नसकेको सम्बन्धीत लगानीकर्ताहरुको अनुमान छ ।
यसदिन १ सय १२ वटा कम्पनीको सेयर मूल्य बढेको छ । जस मध्ये मोदी हाइड्रोपावर कम्पनी र तेह्रथुम हाइड्रोपावर कम्पनीको सेयर मूल्य झन्डै १० प्रतिशतको सर्किट लेवलमा बढेको छ । १ सय ३४ वटा कम्पनीको सेयरमूल्य घटेको छ भने एउटाको स्थिर रहेको छ ।
बुधबार नेप्से घटे पनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा केही बढेको छ । कुल ५ अर्ब ९४ करोड २८ लाख ५२ हजार २ सय ५६ रुपैयाँको सेयर कारोबार भएको छ ।
अघिल्लो दिन ५ अर्ब ७६ करोडको सेयर कारोबार भएको थियो । बुधबार नेप्सेमा सबैभन्दा धेरै रकम बराबरको सेयर कारोबार हुने कम्पनीमा बुटबल पावर कम्पनी छ । यसदिन सो कम्पनीको ५३ करोड रुपैयाँ बराबर सेयर कारोबार भएको छ ।
यसदिन बैंकिङ उपसमूहको सेयर मुल्य १.२९ प्रतिशत , वित्त उपसमूहको ११.४१ प्रतिशत, लगानी उपसमूहको ०.४३ प्रतिशत , उत्पादन उपसमूहको १४.४३ प्रतिशत, माइक्रोफाइनान्स उपसमूहको ९.९३ प्रतिशत, अन्य समूह उपसमूहको ४.८१ प्रतिशत र व्यापार उपसमूहको ४५.११ प्रतिशतले घटेको छ ।
यसैगरी, विकास बैंक उपसमूहको १.३३ प्रतिशत, होटल उपसमूहको ९६.१९ प्रतिशत, जलविद्युत् उपसमूहको २३.७१ प्रतिशत, जीवन बीमा उपसमूहको ८.०१ प्रतिशत, लगानी उपसमूहको ०.०१ प्रतिशत र निर्जीवन बीमा उपसमूहको १२.४५ प्रतिशतले बढेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।