९ असार/ अर्थ र व्यापार – यस साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजार परिसूचक नेप्से ४. ७१ अंकले बढेर २६००.७६ विन्दुमा कायम भएको छ ।
सोमबार जोशी हाइड्रो कम्पनी र पञ्चकन्या माई हाइड्रो कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ । यसदिन गुँरास लघुवित्तको सेयर मूल्य १० प्रतिशतले घटेको छ ।
यसदिन कारोबारमा आएका मध्ये १ सय २३ वटा कम्पनीको सेयर मूल्य बढेको छ । १ सय २४ वटा कम्पनीको सेयर मूल्य घटेको छ । एउटाको स्थिर रहेको छ । बैंक तथा फाइनान्स कम्पनीको सेयर मूल्यमा सुधार आएपछि त्यसको सकारात्मक प्रभाव समग्र नेप्से परिसूचकमा देखिएको छ ।
यसदिन अघिल्लो दिनको तुलनामा कारोबार रकम घटेको छ । सोमबार ६ अर्ब ४७ करोड १९ लाख ५२ हजार ६ सय ७८ रुपैयाँको सेयर कारोबार भएको छ । अघिल्लो दिन ९ अर्ब १४ करोड ५८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।
सोमबार नेप्सेमा कारोबार भएका समूहगत सूचकमध्ये बैंकिङ उपसमूहको सेयरमूल्य २.०६ प्रतिशत, फाइनान्स १७.०६ प्रतिशत, होटल ६०.५९ प्रतिशत , जलविद्युत् १४.८५ प्रतिशत , लगानी ०.४० प्रतिशत, माइक्रोफाइनान्स ०.८६ प्रतिशत र व्यापार समूह ९०.५१ प्रतिशतले बढेका छन् ।
विकास बैंक उपसमूहको ५.१९ प्रतिशत , जीवन बीमा ४९.६२ प्रतिशत, उत्पादनमूलक ४३.५४ प्रतिशत , लगानी कोष ०.०६ उपसमूहको , निर्जीवन बीमा २७.५९ प्रतिशत र अन्य उपसमूहको सेयरमूलय ४.४८ प्रतिशतले घटेको छ ।
तपाईको प्रतिक्रिया