logo

सेयर बजारमा हरियाली,१० अर्बको कारोबार

    644   पटक पढिएको


२७ जेठ/अर्थ र व्यापार – यस साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजारका सबै सूचक हरियाली भएर बढेका छन् । सेयर बजार परिसूचक नेप्से अघिल्लो दिनको तुलनामा २५.०७ अंकले बढेको छ ।
सो वृद्धिपछि नेप्से २६ सय ७८ दशमलब १७ विन्दुमा कायम भएको छ । यसदिन बजारसँगै कारोबार रकम बढेको छ । अघिल्लो दिन ८ अर्ब ६८ करोडको कारोबार भएकोमा यसदिन १० अर्ब १६ करोड ९ लाख ८१ हजार रुपैयाँको सेयर कारोबार भएको छ ।
१ सय ९६ वटा कम्पनीको सेयरमूल्य बढेको छ । ५२ वटाको घटेको छ ।
मंगलबार सबै उपसमूहको सेयरमूल्य सूचक बढेको छ । फाइनान्स सबैभन्दा धेरै ५ दशमलब १२ प्रतिशत बढेको छ । बैंकिङ उपसमूहको ०.९३ प्रतिशत , विकास बैंक उपसमूहको ०.७१ प्रतिशत , होटल तथा पर्यटन उपसमूहको १.२८ प्रतिशत , हाइड्रोपावर उपसमूहको ०.४६ प्रतिशत , लगानी उपसमूहको ०.६८ प्रतिशत, जीवन बीमा उपसमूहको १.०८ प्रतिशत, उत्पादन तथा प्रशोधन उपसमूहको ०.२५ प्रतिशत, माइक्रोफाइनान्स उपसमूहको ०.६१ प्रतिशत, निर्जीवन बीमा उपसमूहको १.२६ प्रतिशत, अन्य उपसमूहको १.५१ प्रतिशत र व्यापार उपसमूहको सेयरमूल्य १.०७ प्रतिशतले बढेको छ ।
यसदिन दुई वटा कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेको छ । १० प्रतिशत बढेका कम्पनीमा पियोर इनर्जी र श्री इन्भेस्टमेन्ट फाइनान्स छन् । त्यस्तै समृद्धि फाइनान्सको ८.३८, जानाकी फाइनान्सको ६.९१, रिलायन्स फाइनान्सको ६.६७ प्रतिशतले बढेको छ ।
यसदिन रावा इनर्जीको ६.१४ प्रतिशत, ओम मेगाश्री फर्मास्युटिकल्सको ४.१० प्रतिशत, नारायणी डेभलपमेन्ट बैंकको ३.६३ प्रतिशत र उपकार लघुवित्तको २.६४ प्रतिशतले सेयरमूल्य घटेको छ ।
यसैगरी, धेरै कारोबार भएका कम्पनीमा एचआईडीसीएल प्रमोटर, अरुण काबेली पावर, राधि विद्युत्, सानिमा माइ हाइड्रोपावर र ङयाादी ग्रुप क्रमशः अगाडि रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तयारी पोशाक उद्योग संघद्वारा तेत्तीस लाख तेत्तीस हजार हस्तान्तरण

नेपाल तयारी पोशाक उद्योग संघ तथा संघका सदस्यहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी रु.तेत्तीस लाख तेत्तीस हजार तीन सय तेत्तीस रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको छ

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।