logo

बजेट सार्वजनिक भएपछि पनि रन्किएन सेयर बजार, नेप्से १.६० अंकले बढ्यो

    600   पटक पढिएको



१९ जेठ/अर्थ र व्यापार – बजेट सार्वजनिक भएपछि धेरै लगानीकर्ताको अपेक्षा बमोजिम सेयर बजार ह्वात्तै रन्किएर माथी जान सकेन । यस साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार परिसूचक नेप्से १ दशमलब ६० अंकले बढेर २६ सय ९४ दशमलब ६६ विन्दुमा पुगेको छ ।
अघिल्लो दिनको तुलनामा यसदिन कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन ८ अर्ब ५८ करोड रुपैयाँको कारोबार भएकोमा यसदिन ९ अर्ब २२ करोड ६३ लाख २२ हजार ९ सय ३३ रुपैयाँको सेयर कारोबार भएको छ ।
यसदिन कुल १ सय १५ वटा कम्पनीको सेयर मूल्य बढेको छ । १ सय ३३ वटा कम्पनीको सेयर मूल्य घटेको छ । सरकारले बजेट सार्वजनिक गरेपछिको पहिलो कारोबार दिन सोमबार जम्मा दुईवटा उपसमुहमा आकर्षण देखिएको छ ।
होटल तथा पर्यटन उपसमुहको सेयर मुल्य २.३९ प्रतिशत र लगानी उपसमुहको २.२८ प्रतिशतले बढेको छ । यी दुई उपसमुहको सेयरमुल्य बढ्नुमा बजेटको आवश्वासन प्रमुख कारण नै भएको लगानीकर्ताको अनुमान छ । अहिलेको बजेटमा होटल तथा रिसोर्टलाई उत्पादनमूलक उद्योगसरह आयकर छुट दिने घोषणा गरिएको छ । सोही कारण यो उपसमुहको सेयरमुल्य बढेको हो ।
यसैगरी, लगानी उपसमुहका सूचीकृत कम्पनी र संस्थागत लगानीकर्ताले राष्ट्रिय प्राथमिकता प्राप्त उद्योगको स्वःपुँजी, ऋणपत्र र अन्य धितोपत्रमा लगानी गर्न सहजीकरण गरिने व्यवस्था बजेटले गरेको छ । त्यसैले यसमा पनि केही आकर्षण देखिएको छ ।
यसदिन विकास बैंक ०.२९, फाइनान्स ०.१८, जीवन बीमा ०.२३ र अन्य ०.३६ प्रतिशत बढेको छ । दुई कम्पनी ओम मेगाश्री फर्मास्युटिकल्स र पियोर इनर्जीको मूल्य १० प्रतिशत बढ्यो । सप्तकोशी विकास बैंकको ८.३१, न्यादी हाइड्रोपावरको ७.२७ तथा कर्पोरेट डेभलपमेन्ट बैंकको ६.३५ प्रतिशतले सेयर मूल्य बढेको छ ।
यसदिन त्यस्तै बैंकिङ उपसमुहकको ०.५९ प्रतिशत , हाइड्रोपावर ०.३५, उत्पादन तथा प्रशोधन ०.३८, माइक्रोफाइनान्स ०.१२, निर्जीवन बीमा ०.१६ तथा व्यापार उपसमुहको सेयरमूलय ०.३५ प्रतिशतले घटेको छ । भूगोल इनर्जीको मूल्य ६.४५ प्रतिशत घट्यो । बोटलर्स नेपाल बालाजुको ३.२० तथा विन नेपाल लघुवित्तको ३.०४ प्रतिशत घट्यो ।
यसदिन धेरै कारोबार भएका पाँच कम्पनीहरुमा ङादी ग्रुप, राधि विद्युत्, युनिभर्सल पावर, एचआईडीसीएल र बुटवल पावर क्रमशः अगाडि रहे ।
समग्रमा यसदिन कारोबारमा आएका होटल तथा पर्यटन, इन्भेष्टमेन्ट, विकास बैंक, फाइनान्स, लाइफ इन्स्योरेन्स, म्युचुअल फण्ड र अन्य सूचकले बजार बढाएका हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तयारी पोशाक उद्योग संघद्वारा तेत्तीस लाख तेत्तीस हजार हस्तान्तरण

नेपाल तयारी पोशाक उद्योग संघ तथा संघका सदस्यहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी रु.तेत्तीस लाख तेत्तीस हजार तीन सय तेत्तीस रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको छ

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।