logo

१४.८७ अंकले घट्यो नेप्से

    629   पटक पढिएको


३० वैशाख/अर्थ र व्यापार – यस साताको दोस्रो कारोबार दिन मंगलबार पनि सेयर बजार १४ दशमलब ८७ अंकले घटेको छ ।
सो अंकको गिरावटपछि सेयर बजार परिसूचक नेप्से २६ सय ३४ दशमलब २३ विन्दुमा कायम भएको छ । कारोबार सुरु भएको ६ मिनेटमै बजार २६ सय ६९ अंकसम्म पुगेको नेप्से बजार बन्द हुँदा यो विन्दुमा झरेको हो ।
यसदिन सेयर बजार घटेसँगै कारोबार रकम पनि अघिल्लो दिनको भन्दा केही घटेको छ । अघिल्लो दिन १० अर्ब २० करोडको कारोबार भएकोमा यसदिन ९ अर्ब ६३ करोडको ४८ लाख १२ हजार ६ सय १२ रुपैयाँको कारोबार भएको छ ।
यसदिन १६८ वटा कम्पनीको सेयर मुल्य घटेको छ । ७७ वटा कम्पनीको सेयर मूल्य बढ्दा एउटाको स्थिर रह्यो । यस दिन जीवन बीमा सेक्टर सबैभन्दा धेरै ०.९५ प्रतिशत बढ्यो । यस सेक्टरका अधिकांश कम्पनीले मंगलबार सार्वजनिक गरेको वित्तीय विवरण सुधारोन्मुख देखिएको छ ।
त्यस्तै विकास बैंक ०.८८, उत्पादन ०.३४ प्रतिशत बढ्यो । व्यापार सेक्टर सबैभन्दा धेरै २.४६ प्रतिशत घट्यो । बैंकिङ ०.३०, फाइनान्स १.९१, होटल तथा पर्यटन २.२१, हाइड्रोपावर १.१८, लगानी ०.७९, माइक्रोफाइनान्स ०.६९, निर्जीवन बीमा ०.५९, अन्य ०.६० प्रतिशतले घटेको छ ।

मंगलबार दुई कम्पनी क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्स र ओम मेगाश्री फर्मास्युटिकल्सको सेयर मूल्य १० प्रतिशतले बढेको छ । जोशी हाइड्रोपावरको ६.८८, उन्नति सहकार्य लघुवित्तको ५.४४ र लुम्बिनी विकास बैंकको ४.२२ प्रतिशत बढ्यो । नेपाल माइक्रो इन्स्योरेन्सको मूल्य सबैभन्दा धेरै ६.२२ प्रतिशत घट्यो । बुटवल पावरको ४.३१ तथा सिक्लेस हाइड्रोपावरको ४.२७ प्रतिशत घट्यो । यसदिन धेरै कारोबार भएका कम्पनीमा युनिभर्सल पावर, ङादी ग्रुप, नेपाल माइक्रो इन्स्योरेन्स, सानिमा माइ हाइड्रोपावर र राधि विद्युत् क्रमशः अगाडि रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तयारी पोशाक उद्योग संघद्वारा तेत्तीस लाख तेत्तीस हजार हस्तान्तरण

नेपाल तयारी पोशाक उद्योग संघ तथा संघका सदस्यहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी रु.तेत्तीस लाख तेत्तीस हजार तीन सय तेत्तीस रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको छ

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।