logo

शेयर बजारमा हरियाली,नेप्से ६२.२५ अंकले बढ्यो

    427   पटक पढिएको


२४ वैशाख/अर्थ र व्यापार – यस साताको चौथो कारोबार दिन बुधबार शेयर बजारमा हरियाली छाएको छ । यसदिन शेयर बजार परिसूचक नेप्से ६२ दशमलब २५ अंकले बढेर २६ सय ७३ दशमलब ६९ विन्दु पुगेको छ ।
यसदिन समग्रमा शेयर बजार २ दशमलब ३८ प्रतिशतले बढेको छ । बुधबार २ सय २७ वटा कम्पनीको शेयर मुल्य बढेको छ । १८ वटा कम्पनीको शेयर मुल्य घटेको छ भने एउटाको स्थिर रहेको छ ।
यसदिन १० अर्ब ५१ करोड ८४ लाख ६ हजार ३ सय ५२ रुपैयाँको शेयर कारोबार भएको छ । यसदिन कारोबारमा आएका सबै उपसमूहको सेयर मूल्य बढेको छ । वित्त र जलविद्युत्मा लगानीकर्ताको बढी आकर्षण देखिएको छ ।
बुधबार नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी र क्रेस्ट माइक्रोलाइफ इन्स्यारेन्सको मूल्य सबैभन्दा धेरै १० प्रतिशत बढेको छ । यसबाहेक बुटवल पावर कम्पनी, ओम मेगाश्री फर्मास्युटिकल्स, पिपुल्स हाइड्रो लगायत कम्पनीको शेयर मुल्य बढेको छ ।
नेप्से यतिधेरै बढेपनि यसदिन न्यादी हाइड्रो, लक्ष्मी भ्यालु फन्ड, मुक्तिनाथ डिबेन्चर लगायतको शेयर मूल्य सबैभन्दा धेरैले घटेको छ । यसदिन सानिमा माई हाइड्रोको सर्वाधिक कारोबार भएको छ ।
बुधबार फाइनान्स उपसमुहको शेयर मुल्य सबैभन्दा धेरै ५ दशमलब ४७ प्रतिशतले बढेको छ । यसअघि लामो बढ्न नसकेको बैंकिङ उपसमूहको शेयर मुल्य २ दशमलब ९७ प्रतिशतले बढेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।