logo

सेयर बजारको गिरावट कायमै, नेप्से २६३१ विन्दुमा झर्यो

    674   पटक पढिएको


१६ वैशाख/अर्थ र व्यापार – यस साताको तेस्रो कारोबार दिन मंगलबार पनि सेयर बजारको गिरावट कायमै रहेको छ । अघिल्लो दिनको तुलनामा यसदिन सेयर बजार परिसूचक नेप्से १५ दशमलब ०८ अंकले घटेर २६ सय ३१ दशमलब ९८ विन्दुमा झरेको छ ।
नेप्से परिसूचकसंगै कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन ८ अर्ब ९१ करोड रुपैयाँको कारोबार भएकोमा यसदिन जम्मा ७ अर्ब ५७ करोड ५२ लाख ६ हजार २ सय ७५ रुपैयाँको सेयर कारोबार भएको छ ।
१ सय ८८ वटा कम्पनीको सेयर मूल्य घटेको छ । ५७ वटा कम्पनीको मात्र सेयर मूल्य बढेको छ । यसदिन म्युचलफन्ट बाहेक सबै उपसमुहको सेयर मुल्य सूचक राताम्य भएर घटेका छन् । फाइनान्स उपसमुहको सेयर मुल्य सबैभन्दा धेरै १ दशमलब २२ प्रतिशतले घटेको छ ।
बैंकिङ उपसमुहको ०.५७ प्रतिशत , विकास बैंक उपसमुहको ०.९० प्रतिशत , होटल तथा पर्यटन उपसमुहको ०.६३ प्रतिशत, हाइड्रोपावर उपसमुहको ०.२० प्रतिशत , लगानी उपसमुहको ०.८३ प्रतिशत , जीवन बीमा उपसमुहको ०.५४ प्रतिशत, उत्पादन उपसमुहको ०.३४ प्रतिशत , माइक्रोफाइनान्स उपसमुहको ०.७८ प्रतिशत , निर्जीवन बीमा उपसमुहको ०.३२ प्रतिशत , व्यापार उपसमुहको ०.५१ प्रतिशत र अन्य उपसमुहको ०.७५ प्रतिशतले सेयर मुल्य घटेको छ ।
मध्यभोटेकोशी जलविद्युत कम्पनीको सेयर मूल्य ९.८ प्रतिशतले घट्यो । ग्रिन डेभलपमेन्टको ७.७ प्रतिशत , सिन्धु विकास बैंकको ६.६ प्रतिशत र ग्रिनलाइफ हाइड्रोपावरको ४.५ प्रतिशतले सेयर मूल्य घटेको छ ।
यसदिन दुई कम्पनी नेपाल माइक्रो इन्स्योरेन्स र क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्सको मूल्य १० प्रतिशतले बढेको छ । भूगोल इनर्जीको ९, राधि विद्युतको ७ र कर्पोरेट डेभलपमेन्टको ६.६ प्रतिशतले सेयर मूल्य बढेको छ । कारोबार रकमका आधारमा सानिमा माइ हाइड्रोपावर, ङादी ग्रुप, राधि विद्युत्, एनआरएन इन्फ्रास्ट्रक्चर र एचआईडीसीएल क्रमशः अगाडि रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तयारी पोशाक उद्योग संघद्वारा तेत्तीस लाख तेत्तीस हजार हस्तान्तरण

नेपाल तयारी पोशाक उद्योग संघ तथा संघका सदस्यहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी रु.तेत्तीस लाख तेत्तीस हजार तीन सय तेत्तीस रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको छ

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।