logo

सामान्य अंकले बढ्यो सेयर बजार, १० अर्ब ८७ करोडको कारोबार

    617   पटक पढिएको



१४ वैशाख/अर्थ र व्यापार – यस साताको पहिलो कारोबार दिन सेयर बजार सामान्य अंकले बढेको छ । य कारोबार रकम उल्लेख्य बढेको छ । अघिल्लो दिनको तुलनामा आज ३ अर्बले कारोबार बढेको छ । नेप्से परिसूचक ३ दशमलब ५८ अंकले बढेर २६ सय ६१ विन्दुमा कायम भएको छ ।
अघिल्लो दिन ७ अर्ब ८७ करोडको कारोबार भएकोमा यसदिन कारोबार रकम बढेर १० अर्ब ८७ करोड ५९ लाख ९१ हजार १ सय ४४ रुपैयाँको सेयर कारोबार भएको छ । उच्च कारोबारका बीच बजारको परिसूचक नेप्से सामान्य अंकले बढेको हो ।
यसदिन सबैभन्दा धेरै लगानी उपसमुहको सयेर मुल्य बढेको छ भने फाइनान्स उपसमुहको सयेर मुल्य घटेको ।
बैंकिङ उपसमुहको ०.३९प्रतिशत , विकास बैंक उपसमुहको ०.०२, फाइनान्स उपसमुहको १.०५, जीवन बीमा उपसमुहको ०.११, माइक्रो फाइनान्स उपसमुहको ०.९४, निर्जीवन बीमा उपसमुहको ०.३३ प्रतिशत र अन्य उपसमुहको सेयर मुल्य ०.५७ प्रतिशतले घटेको छ ।
होटल तथा पर्यटन उपसमुहको सेयर मुल्य ०.३८ प्रतिशत , हाइड्रोपावर उपसमुहको १.०६ प्रतिशत, लगानी उपसमुहको १.७७ प्रतिशत, उत्पादन उपसमुहको ०.४१ प्रतिशत र व्यापार उपसमुहको सेयर मुल्य १ दशमलब १८ प्रतिशतले बढेको छ ।
आइतबार दुई कम्पनीको मूल्य १० प्रतिशत बढेको छ । नेपाल माइक्रो इन्स्योरेन्स र क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको मूल्य १० प्रतिशत बढेको छ । नेपाल माइक्रो इन्स्योरेन्सको मूल्य प्रतिकित्ता १ हजार ४२ रुपैयाँ ५० पैसा पुगेको छ भने क्रेस्टको ८ सय ६१ रुपैयाँ ९० पैसा पुगेको छ ।
भूगोल इनर्जीको ७.६३ प्रतिशत , ङादी ग्रुप पावरको ७.५५ प्रतिशत, सानिमा माइ हाइड्रोपावरको ७.१९ प्रतिशत, अरुणभ्याली हाइड्रोपावरको ७.०७ प्रतिशतले सेयर मूल्य बढेको छ । विन नेपाल लघुवित्तको सेयर मूल्य १० प्रतिशतले घटेको छ नारायणी डेभलपमेन्टको ५.०२ प्रतिशत घट्यो । यसदिन धेरै कारोबार भएका पाँच कम्पनीमा ङादी ग्रुप, एनआरएन इन्फ्रास्ट्रक्चर, राधि विद्युत्, एचआईडीसीएल र एचआईडीसीएल प्रमोटर क्रमशः अगाडि रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तयारी पोशाक उद्योग संघद्वारा तेत्तीस लाख तेत्तीस हजार हस्तान्तरण

नेपाल तयारी पोशाक उद्योग संघ तथा संघका सदस्यहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी रु.तेत्तीस लाख तेत्तीस हजार तीन सय तेत्तीस रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको छ

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।