logo

सेयर बजार घटेर २७ सयभन्दा मुनी

    635   पटक पढिएको


८ वैशाख/अर्थ र व्यापार– यस साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजारको परिसूचक नेप्से घटेर २७ सयभन्दा मुनी झरेको छ । अघिल्लो दिनको तुलनामा यसदिन नेप्से ७ दशमलब ७५ अंकले घटेर २६ सय ९८ दशमलब २८ विन्दुमा कायम भएको छ । यसदिन कारोबारको क्रममा केही समय नेप्से बढेर २७ सय १६ अंकसम्म पुगेपनि सो बृद्धि बजार बन्दहुने बेलासम्म टिक्न सकेन । सेयर बजारको परिसूचक नेप्से घटेपनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा केही बढेको छ । ८ अर्ब ७७ करोड ५७ लाख २० हजार २ सय ९३ रुपैयाँको सेयर कारोबार भएको छ । अघिल्लो दिन ८ अर्ब ४३ करोडको सेयर कारोबार भएको थियो ।
यसदिन १ सय ३३ वटा कम्पनीको सेयर मुल्य घटेको छ । १ सय १२ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने एउटाको स्थिर रहेकोे छ । व्यापार उपसमुहको सेयर मुल्य सबैभन्दा धेरै घट्यो । बैंकिङ उपसमुहको सेयर मुल्य सुन्य दशमलब ८५ प्रतिशत , जीवन बीमा उपसमुहको ०.१६ प्रतिशत , माइक्रोफाइनान्स उपसमुहको ०.११ प्रतिशत, निर्जीवन बीमा उपसमुहको ०.१५ प्रतिशत, व्यापार उपसमुहको १.५२ प्रतिशत र अन्य उपसमुहको १ प्रतिशतले सेयर मुल्य घटेको छ ।
एसबीआई बैंकको सयर मूल्य सबैभन्दा धेरै ४ दशमलब १७ प्रतिशतले घट्यो । विन नेपाल लघुवित्तको ४ दशमलब ०२ प्रतिशत र ग्रिन डेभलपमेन्ट बैंकको ३ दशमलब ९६ प्रतिशतले सेयर मूल्य घटेको छ ।
विकास बैंक उपसमुहको सेयर मुल्य सुन्य दशमलब ४३ प्रतिशत, होटल तथा पर्यटन उपसमुहको सुन्य दशमलब ०६ प्रतिशत, हाइड्रोपावर उपसमुहको सुन्य दशमलब.७७ प्रतिशत, लगानी उपसमुहको सुन्य दशमलब १७ प्रतिशत, उत्पादन उपसमुहको सुन्य दशमलब ०३ प्रतिशतले सेयर मुल्य बढेको छ ।
नेपाल माइक्रो इन्स्योरेन्स र क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्सको सेयर मूल्य केही दिनदेखि १० प्रतिशत बढिरहेको छ । कर्पोरेट डेभलपमेन्ट बैंकको ९ दशमलब ८८ प्रतिशत, युनिभर्सल पावरको ९ दशमलब ८० प्रतिशत , नेपाल हाइड्रो डेभलपर्सको ९ दशमलब ०७ प्रतिशतले सेयर मुल्य बढ्यो ।
सोमबार धेरै कारोबार भएका कम्पनीमा ङादी ग्रुप पावर, युनिभर्सल पावर, एचआईडीसीएल, हिमालयन पावर पार्टनर र एनआरएन इन्फ्रास्ट्रक्चर क्रमशः अगाडि रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तयारी पोशाक उद्योग संघद्वारा तेत्तीस लाख तेत्तीस हजार हस्तान्तरण

नेपाल तयारी पोशाक उद्योग संघ तथा संघका सदस्यहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी रु.तेत्तीस लाख तेत्तीस हजार तीन सय तेत्तीस रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको छ

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।