logo

सेयर बजारमा उत्साह, १० अर्ब ७९ करोडको कारोबार

    694   पटक पढिएको


४ बैशाख/अर्थ र व्यापार – यस साताको अन्तिम कारोबार दिन बिहीबार पनि सेयर बजार बढेर उत्साह छाएको छ । सेयर बजार परिसूचक नेप्से दोहोरो २६.४९ अंकले बढेर २७ सय २२ दशमलब ७३ विन्दुमा पुगेको छ । यसदिन व्यापार बाहेकका सबै उपसमूहको सूचक बढेको छ । लगानी उपसमूहको सूचक सबैभन्दा धेरै २ दशमलब ९९ प्रतिशतले बढेको छ ।
यसदिन बजारमा कारोबार भएका १ सय ८७ वटा कम्पनीको सेयर मुल्य बढेको छ । नेपाल माइक्रो इन्स्योरेन्स र क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।
बिहीबार ५९ वटा कम्पनीका सेयर मुल्य घटेको छ । यसदिन १० अर्ब ७९ करोड ७३ लाख ६३ हजार २ सय ८२ रुपैयाँको सेयर कारोबार भएको छ । अघिल्लो दिन ७ अर्ब २६ करोडको कारोबार भएको थियो । यस साताको अन्तिम कारोबार दिन नेप्से र कारोबार रकम दुबै बढेको छ ।
बैंकिङ उपसमुहको १.१४ प्रतिशत , विकास बैंक उपसमुहको १.३५ प्रतिशत, फाइनान्स उपसमुहको ०.७२ प्रतिशत, होटल तथा पर्यटन उपसमुहको ०.३९ प्रतिशत , हाइड्रोपावर उपसमुहको १.१३ प्रतिशत , जीवन बीमा उपसमुहको ०.८४ प्रतिशत , उत्पादन तथा प्रशोधन उपसमुहको ०.०५ प्रतिशत , माइक्रोफाइनान्स उपसमुहको ०.६३ प्रतिशत , निर्जीवन बीमा उपसमुहको ०.९६ प्रतिशत , अन्य उपसमुहको ०.३७ प्रतिशतले सेयर मुल्य बढेको छ । एचआईडीसीएलको ६.८२ प्रतिशत , सुपरमादी हाइड्रोपावरको ६.६७ प्रतिशत , कर्पोरेट डेभलपमेन्ट बैंकको ५.८४ प्रतिशतले सेयर मूल्य बढेको छ ।
बोटलर्स नेपाल बालाजुको मूल्य ४दशमलब ४ प्रतिशतले घट्यो । यसदिन हिमालयन पावर पार्टनरको १ अर्ब ५८ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । हिमालय पावरपछि धेरै कारोबार भएका कम्पनीमा एनआरएन इन्फ्रास्ट्रक्चर, एचआईडीसीएल, ङादी ग्रुप र राधि विद्युत् क्रमशः अगाडि रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।