logo

सेयर बजारमा गिरावट, नेप्से ३३.३३ अंकले घटेर २६७० विन्दुमा

    510   पटक पढिएको


२५चैत/अर्थ र व्यापार – यस साताको पहिलो कारोबार दिन सोमबार सेयर बजारको परिसूचक नेप्से ३३ दशमलब ३३ अंकले घटेर २६ सय ७० दशमलब ६ विन्दुमा कायम भएको छ । यसदिन कुल २३ कम्पनीको मूल्य बढ्दा २२१ वटा कम्पनीको सेयर मुल्य घटेको छ ।

सोमबार बजारको अंकसँगै कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन ७ अर्ब ८४ करोडको कारोबार भएकोमा यसदिन जम्मा ५ अर्ब ६५ करोड ८९ लाख ७३ हजार ७ सय ६६ रुपैयाँको कारोबार भएको छ । सबै उपसमुहका सेयर मुल्य सूचक घटेका छन् । यसदिन व्यापार उपसमुहको सयेर मुल्य सबैभन्दा धेरै ३ दशमलब १ प्रतिशतले घटेको छ । बैंकिङ उपसमुहको ०.९७, विकास बैंक उपसमुहको १.११, होटल तथा पर्यटन उपसमुहको १.३५, फाइनान्स उपसमुहको २.२६, हाइड्रोपावर उपसमुहको १.३७ प्रतिशतले घटेको छ ।

लगानी उपसमुहको १.६९ प्रतिशत , जीवन बीमा उपसमुहको ०.८३ प्रतिशत , उत्पादन उपसमुहको १.४२ प्रतिशत , माइक्रोफाइनान्स उपसमुहको १.०३ प्रतिशत , निर्जीवन बीमा उपसमुहको १.२२ प्रतिशत र अन्य उपसमुहको ०.४४ प्रतिशतले सेयर मुल्य घटेको छ ।

यसदिन अपरहेवाखोलाको सेयरमूल्य सबैभन्दा धेरै ९ प्रतिशतले घट्यो । हिमालयन पावर पार्टनरको ४.३२ प्रतिशत र समृद्धि फाइनान्सको ४.०१ प्रतिशतले घटेको छ ।
बलेफी हाइड्रोपावर कम्पनीको सयेर मूल्य सबैभन्दा धेरै ७ दशमलब ४६ प्रतिशतले बढेको छ । त्यस्तै बुटवल पावरको ६.६३ प्रतिशत, सिन्धु विकास बैंककोे ६.४४ प्रतिशत र उन्नति सहकार्य लघुवित्तको ६.११ प्रतिशतले बढेको छ ।
हिमालयन रि इन्स्योरेन्स, एनआरएन इन्फ्रास्ट्रक्चर, नेपाल पुनर्बीमा, राधि विद्युत् र हिमालयन पावर पार्टर कारोबारका आधारमा क्रमशः शीर्ष पाँच कम्पनीभित्र परेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।