logo

सेयर बजार र कारोबार रकम दुबै बढ्यो

    661   पटक पढिएको


१७ चैत/अर्थ र व्यापार – यस साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार परिसूचक नेप्से २९ दशमलब ८२ अंकले बढेको छ । सो अंकको वृद्धिपछि नेप्से २६ सय ९३ दशमलब १२ विन्दुमा कायम भएको छ ।
गत शुक्रबार राजावादी र गणतन्त्र पक्षधरको प्रदर्शन सकिएसँगै यसदिन सेयर बजारले वृद्धिको लयलाई समातेर अघि बढेको छ । आइतबार दिउँसो कारोबार सुरु भएको केही घण्टापछि नेप्से रफ्तारमा बढेर २७ सय १८ विन्दुसम्म पुगेको थियो ।
त्यसपछि केही बिक्री चाप बढ्न पुगेका कारण उच्च अंकले बढेको नेप्से २९ दशमलब ८२ अंकमा बास बसेको छ । अघिल्ला दुई कारोबार दिन पनि लगातार सेयर बजार बढेकाले यसदिन केही लगानीकर्ताले नाफा बुक गरेका छन् ।
यसदिन कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन ५ अर्ब २२ करोडको कारोबार भएकोमा आइतबार ७ अर्ब ५६ करोड ८२ लाख २६ हजार १९७ रुपैयाँको सेयर कारोबार भएको छ । २ सय २२ वटा कम्पनीको मूल्य बढेको छ । २२ वटा कम्पनीको सेयर मुल्य घटेको छ ।
यसदिन सबै उपसमुहका सेयर मुल्य सूचक बढेका छन् । बैंकिङ उपसमुहको सेयर मुल्य सुन्य दशमलब ८२ प्रतिशतले बढेको छ । विकास बैंक उपसमुहको ०.८२ प्रतिशत, फाइनान्स उपसमुहको २.०१ प्रतिशत, होटल तथा पर्यटन उपसमुहको १.४१ प्रतिशत , हाइड्रोपावर उपसमुहको १.५४ प्रतिशत , लगानी उपसमुहको २.१८ प्रतिशत, जीवन बीमा उपसमुहको ०.८५ प्रतिशत , उत्पादन तथा प्रशोधन उपसमुहको ०.५८ प्रतिशत, माइक्रोफाइनान्स उपसमुहको ०.६२ प्रतिशत, निर्जीवन बीमा उपसमुहको ०.७८ प्रतिशत, अन्य उपसमुहको २.०८ प्रतिशतले बढेको छ ।
जोशी हाइड्रोको मूल्य सबैभन्दा धेरै ९ दशमलब ९४ प्रतिशतले बढ्यो । त्यस्तै दोर्दीखोला हाइड्रोपावरको ६.५९ प्रतिशत, गुराँस लघुवित्तको ५.९५ प्रतिशत र तेह्रथुम पावरका् ५.८७ प्रतिशतले बढेको छ ।
यसदिन व्यापार उपसमुहको सेयर मुल्य सुन्य दशमलब २६ प्रतिशतले घटेको छ । सयपत्री हाइड्रोको ५ दशमलब ७९ प्रतिशत, सामुदायिक लघुवित्तको २ दशमलब २१ प्रतिशतले घटेको छ । धेरै कारोबार भएका कम्पनीमा हिमालयन रि इन्स्योरेन्स, नेपाल पुनर्बीमा, एनआरएन इन्फ्रास्ट्रक्चर, सीईडीबी होल्डिङ्स र गार्डियन माइक्रोलाइफ इन्स्योरेन्स क्रमशः अगाडि रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।