logo

सेयर बजारको ओरालो यात्रा कायमै, नेप्से २०.६८ अंकले घट्यो

    653   पटक पढिएको


२६ फागुन/अर्थ र व्यापार – यस साताको दोस्रो कारोबार दिन सोमबार पनि सेयर बजारको ओरालो यात्रा कायमै रहेको छ । अघिल्लो दिन ४६ अंकले घटेको सेयर बजार परिसूचक नेप्से २० दशमलब ६८ अंकले घटेर २७ सय ५१ दशमलब ४२ विन्दुमा आइपुगेको छ ।
यो अंकको घटाइसँगै पछिल्लो छैटौं दिन सोमबार पनि सेयर बजार निरन्तर घटेको हो । अघिल्लो साताको सोमबार देखि निरन्तर सेयर बजार घटेको छ । सोमबार कुल १ सय ९१ वटा कम्पनीको सेयर घट्यो भने ८ वटाको स्थिर रह्यो । जम्मा ४४ वटा कम्पनीको सेयर मूल्य मात्र बढेको छ । यसदिन नेप्से घटेसँगै कारोबार रकम पनि घटेको छ ।
अघिल्लो दिन १० अर्ब ९ करोड रुपैयाँको सेयर कारोबार भएकोमा यसदिन जम्मा ८ अर्ब ३७ करोड ८० लाख ५५ हजार ५७ रुपैयाँको सेयर कारोबार भएको छ । अन्य उपसमुहको सेयर मुल्य बाहेक सबै उपसमुहको सूचक राताम्मे भएर घटेका छन् । हिमालयन रि इन्स्योरेन्सको सेयर मूल्य १.१६ प्रतिशत बढ्दा अन्य उपसमूहको सेयर मुल्य सुन्य दशमलब ०८ प्रतिशतले बढेको हो ।
यसदिन बैंकिङ उपसमुहको सेयर मुल्य सुन्य दशमलब ४४ प्रतिशतले घटेको छ । यसैगरी, विकास बैंक उपसमुहको सेयर मुल्य सुन्य दशमलब ७३ प्रतिशत, फाइनान्स उपसमुहको सुन्य दशमलब ७० प्रतिशत , होटल तथा पर्यटन उपसमुहको सुन्य दशमलब ९९ प्रतिशत, हाइड्रोपावर उपसमुहको १ दशमलब १६ प्रतिशत , लगानी उपसमुहको १ दशमलब ५१ प्रतिशत, जीवन बीमा उपसमुहको सुन्य दशमलब ४१ प्रतिशतले घट्यो ।
उत्पादन उपसमुहको १ दशमलब १५ प्रतिशत, माइक्रोफाइनान्स उपसमुहको सुन्य दशमलब ६३ प्रतिशत, निर्जीवन बीमा उपसमुहको सुन्य दशमलब ६८ प्रतिशत र व्यापार उपसमुहको सेयर मुल्य १ दशमलब ६५ प्रतिशतले घटेको छ ।
उपकार लघुवित्तको ६ दशमलब ९८ प्रतिशत , सिक्लेस हाइड्रोपावरको ५ दशमलब ८६ प्रतिशत , उन्नति सहकार्य लघुवित्तको ४ दशमलब ६२ प्रतिशतले सेयर मूल्य घटेको छ ।
सोमबार नेस्डो समृद्धि लघुवित्तको सेयर मुल्य १० प्रतिशतले मूल्य बढ्यो । त्यसपछि गार्डियन माइक्रोलाइफ इन्स्योरेन्सको सेयर मुल्य ८ दशमलब ७३ प्रतिशत, विन नेपाल लघुवित्तको ८ दशमलब ५३ प्रतिशत, स्वाभिमान लघुवित्तको ३ दशमलब ०२ प्रतिशत र ग्रिन डेभलपमेन्टको २ दशमलब ५६ प्रतिशतले बढेको छ ।
यसदिन नेपाल पुर्नबीमा कम्पनीको सेयर सबैभन्दा धेरै ७३ करोड ५० लाख रुपैयाँ बराबरको कारोबार भएकोे छ । त्यसपछि हिमालयन रि इन्स्योरेन्सको ७३ करोड १७ लाखको सेयर कारोबार भएको नेपाल स्टक एक्सचेन्ज लिमिटेडले जनाएको छ ।
एनएलजी इन्स्योरेन्स, गार्डियन माइक्रोलाइफ इन्स्योरेन्स र घलेम्दी हाइड्रोपावर क्रमशः कारोबार रकमका आधारमा टप पाँच गेनरभित्र पर्न सफल भएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तयारी पोशाक उद्योग संघद्वारा तेत्तीस लाख तेत्तीस हजार हस्तान्तरण

नेपाल तयारी पोशाक उद्योग संघ तथा संघका सदस्यहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी रु.तेत्तीस लाख तेत्तीस हजार तीन सय तेत्तीस रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको छ

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।