logo

सेयर बजारमा भारी अंकको गिरावट,सबै सूचक राताम्मै

    533   पटक पढिएको


२५ फागुन/अर्थ र व्यापार– यस साताको पहिलो दिन आइतबार सेयर बजारमा भारी अंकको गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा यसदिन नेप्से परिसूचक ४६ दशमलब ३३ अंकले घटेर २७ सय ७२ दशमलब १० विन्दुमा आइपुगेको छ ।
यसअघिका चार कारोबार दिनहरुमा पनि नेप्से लगातार घटेको थियो । यसदिन कारोबार रकम पनि केही घटेको । अघिल्लो दिन १० अर्ब १० करोडको कारोबार भएकोमा यसदिन १० अर्ब ९ करोड ३६ लाख ५४ हजार १ सय २९ रुपैयाँको सेयर कारोबार भएको छ । कुल २ सय १७ वटा कम्पनीको सेयर मूल्य घटेको छ । २ वटाको स्थिर रह्यो भने जम्मा २४ वटा कम्पनीको सेयर मुल्य बढेको छ ।
यस दिन विभिन्न १३ वटा उपसमुह मध्ये सबै उपसमुहको सेयर सूचक घटेका छन् । अन्य उपसमुहको सेयर मुल्य सबैभन्दा धेरै २ दशमलब ६९ प्रतिशतले घटेको छ । दुई पुनर्बीमा कम्पनी हिमालयन रि र नेपाल पुनर्बीमाको मूल्यमा आएको गिरावटले समग्र सो उपसमुह लाई बढी प्रभाव पारेको देखिएको छ ।
यसैगरी, बैंकिङ उपसमुहको सेयर मुल्य १ दशमलब ३६ प्रतिशत, विकास बैंक उपसमुहको १दशमलब ७१ प्रतिशत, फाइनान्स उपसमुहको १ दशमलब ८७ प्रतिशत, हाइड्रोपावर उपसमुहको १ दशमलब ६६ प्रतिशत, लगानी उपसमुहको २ दशमलब ४९ प्रतिशत,जीवन बीमा उपसमुहको १ दशमलब ७४ प्रतिशत, उत्पादन उपसमुहको सुन्य दशमलब ९१ प्रतिशत, माइक्रोफाइनान्स उपसमुहको सेयर मुल्य १ दशमलब ५८ प्रतिशत, निर्जीवन बीमा उपसमुहको १ दशमलब २६ प्रतिशत, अन्य उपसमुहको २ दशमलब ६९ प्रतिशत र व्यापार उपसमुहको सुन्य दशमलब ८१ प्रतिशतले घटेको छ ।
यसदिन पनि गार्डियन माइक्रोलाइफ इन्स्योरेन्स र भूगोल इनर्जीको सेयर मूल्य १० प्रतिशतले बढ्यो । त्यसपछि बढेका अरु कम्पनीको सयेर मुल्य वृद्धिदर ४ प्रतिशत भन्दा तल नै हरेका छन् ।
आइतबार उपकार लघुवित्त र सिन्धु विकास बैंकको सेयर मूल्य १० प्रतिशतले घटेको छ । राप्ती हाइड्रोपावरको ९ दशमलब ८७ प्रतिशत, समाज लघुवित्तको ७ दशमलब २८ प्रतिशत र सगरमाथा जलविद्युत् कम्पनीको सेयर मूल्य ५ दशमलब २८ प्रतिशतले घटेको छ । हिमालयन रि इन्स्योरेन्सको सर्वाधिक १ अर्ब १२ करोडको सेयर कारोबार भएको छ । त्यसपछि कारोबारका आधारमा नेपाल पुनर्बीमा कम्पनी , एनआरएन इन्फ्रास्ट्रक्चर, गार्डियन माइक्रोलाइफ इन्स्योरेन्स र सीईडीबी होल्डिङ्स क्रमशः अगाडि रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।