logo

सामान्य अंकले घट्यो सेयर बजार

    507   पटक पढिएको


२२ फागुन/अर्थ र व्यापार – यस साताको अन्तिम कारोबार दिन बिहीबार पनि सेयर बजार सामान्य अंकले घटेको छ । अघिल्लो दिनको तुलनामा यसदिन सेयर बजार परिसूचक नेप्से २ दशमलब ७० अंकले घटेर २८ सय १८ दशमलब ४३ विन्दुमा कायम भएको छ ।
यसदिन अघिल्लो दिनको तुलनामा सेयर कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन १० अर्ब ९७ करोडको कारोबार भएकोमा यसदिन १० अर्ब १० करोड १८ लाख १७ हजार ६ सय ८१ रुपैयाँको सेयर कारोबार भएको छ ।
यसदिन कुल ९९ वटा कम्पनीको सेयर मूल्य बढ्दा १ सय ३२ वटा कम्पनीको सेयर मुल्य घट्यो भने १२ वटाको स्थिर रहेको छ । विकास बैंक उपसमुहको सेयर मुल्य सबैभन्दा धेरै १ दशमलब ८६ प्रतिशतले बढेको छ । यसैगरी, बैंकिङ उपसमुहको सेयर मुल्य सुन्य दशमलब ०३ प्रतिशत, उत्पादन उपसमुहको सुन्य दशमलब २४ प्रतिशत, माइक्रोफाइनान्स उपसमुहको सुन्य दशमलब ०५ प्रतिशतले बढेको छ ।
यसदिन तीनवटा कम्पनी गार्डियन माइक्रोलाइफ इन्स्योरेन्स, भूगोल इनर्जी, उपकार लघुवित्तको सेयर मूल्य १० प्रतिशतले बढेको छ । राप्ती हाइड्रोपावरको ९ दशमलब ९१ प्रतिशत, महालक्ष्मी विकास बैंकको ७ दशमलब ८४ प्रतिशतले सेयर मूल्य बढेको छ ।
यस साताको अन्तिम कारोबार दिन बिहीबार सवैभन्दा धेरै गुराँस लघुवित्तको सेयर मुल्य ७ दशमलब ६ प्रतिशतले र लाइफ इन्स्योरेन्स कर्पोरेसनको सेयर मुल्य ६ दशमलब ३५ प्रतिशतले घटेको छ ।
फाइनान्स उपसमुहको सेयर मुल्य सुन्य दशमलब २३ प्रतिशत, होटल तथा पर्यटन उपसमुहको सुन्य दशमलब .५७ प्रतिशत , हाइड्रोपावर उपसमुहको सुन्य दशमलब ०६ प्रतिशत, लगानी उपसमुहको सुन्य दशमलब १४ प्रतिशत, जीवन बीमा उपसमुहको सुन्य दशमलब ८० प्रतिशत , निर्जीवन बीमा उपसमुहको सुन्य दशमलब ०४ प्रतिशत, अन्य उपसमुहको सुन्य दशमलब ७१ प्रतिशत र व्यापार उपसमुहको सुन्य दशमलब २४ प्रतिशतले घटेको छ ।
यसदिन दुईवटा पुर्नबीमा कम्पनी हिमालयन रि इन्स्योरेन्स र नेपाल पुर्नबीमा कम्पनीको १–१ अर्ब बढीको कारोबार भएको छ । हिमालयन रि इन्स्योरेन्सको १ अर्ब १२ करोड र नेपाल पुर्नबीमा कम्पनीको १ अर्ब ८ करोडको सेयर कारोबार भएको छ । त्यसपछि कारोबारका आधारमा एनआरएन इन्फ्रास्ट्रक्चर, घलेम्दी हाइड्रोपावर र फस्र्ट माइक्रोफाइनान्स क्रमशः अगाडि रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।