logo

सेयर बजार बढ्नेक्रम जारी, ११ अर्ब ५४ करोडको कारोबार

    496   पटक पढिएको


११ फागुन/अर्थ र व्यापार – यस साताको पहिलो कारोबार दिन आइतबार पनि सेयर बजारको उकालो यात्रा कायमै रहेको छ । यसअघि लगातार पाँचौ दिनसम्म सेयर बजार बढेको थियो । अघिल्लो कारोबार दिनको तुलनामा यसदिन सेयर बजारको परिसूचक नेप्से ११ दशमलब ६६ अंकले बढेर २७ सय ५५ दशमलब ४० विन्दुमा कायम भएको छ ।
विगतक केहीदिनदेखि नेपाल ग्रे लिस्टमा परेको हल्लापछिको मनोवैज्ञानिक त्रासले आइतबार बजार खुल्नेबित्तिकैको सुरुवाती कारोबारलाई धेरै असर पारेको थियो । आइतबार बिहान कारोबार सुरु भएको पाँच मिनेटमा नै नेप्से ह्वात्तै ५० अंक घटेर २६ सय ९२ विन्दुसम्म ओर्लिएको थियो । त्यसपछि क्रमशः बजार सम्हालिएर पुनः उकालोको यात्रालाई निरन्तरता दिएको छ ।

यसदिन नेप्सेमा दोहोरो अंकको बृद्धिसँगै कारोबार रकम पनि उल्लेख्य रुपमा बढेको छ । आइतबार ११ अर्ब ५४ करोड ८३ लाख ३७ हजार ६ सय १२ रुपैयाँको सेयर कारोबार भएको छ । अघिल्लो दिन जम्मा ८ अर्ब ६२ करोड रुपैयाँको सेयर कारोबार भएको थियो । यसदिन बजार बढ्दा पनि अधिकांश कम्पनीको मूल्य घटेको छ । कुल ९१ कम्पनीको मूल्य बढ्दा १४८ को घट्यो भने ४ वटाको स्थिर रहेको छ । अन्य उपसमुहको सेयर मुल्य सबैभन्दा धेरै ३.७ प्रतिशत बढ्यो । यसैगरी, लगानी उपसमुहको १.३३ प्रतिशत , उत्पादन उपसमुहको २.७८ प्रतिशत, जीवन बीमा उपसमुहको ०.८६ प्रतिशत, निर्जीवन बीमा उपसमुहको ०.१३ प्रतिशत र बैंकिङ उपसमुहको ०.०३ प्रतिशतले सेयर मुल्य बढेको छ ।
यसदिन गार्डियन माइक्रोलाइफ इन्स्योरेन्सको सेयर मूल्य सकारात्मक सर्किट लागेर १० प्रतिशतले बढ्यो । छ्याङ्दी हाइड्रोपावरको ८.०२ प्रतिशत, बोटलर्स नेपाल बालाजुको ७.२९प्रतिशत , नेपाल पुनर्बीमाको ७.०५ प्रतिशत , विन नेपाल लघुवित्तको ६.३ प्रतिशत, घलेम्दी हाइड्रोपावरको ५.८ प्रतिशत र हिमालयन रि इन्स्योरेन्सको ५.१ प्रतिशतले सेयर मूल्य बढ्यो ।
यसैगरी, रिलायन्स फाइनान्सको ७.२ प्रतिशत, उपकार लघुवित्तको ६.७ प्रतिशत, पिपुल्स हाइड्रोपावरको ६ प्रतिशतले सेयर मूल्य घट्यो । त्यस्तै, विकास बैंक उपसमुहको ०.४८ प्रतिशत, फाइनान्स उपसमुहको ०.४५प्रतिशत, होटल तथा पर्यटन उपसमुहको ०.५० प्रतिशत, हाइड्रोपावर उपसमुहको ०.५६ प्रतिशत, माइक्रोफाइनान्स उपसमुहको ०.६६ र व्यापार उपसमूहको सेयर मुल्य १.३२ प्रतिशतले घटेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।
कारोबार रकमका आधारमा हिमालयन रिइन्स्योरेन्स, सिटिजन लाइफ इन्स्योरेन्स, नेपाल पुनर्बीमा कम्पनी, एनआरएन इन्फ्रास्ट्रक्चर र सीईडीबी होल्डिङ्स क्रमशः अगाडि रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।