logo

नेप्से ७.२६ अंक घटेर २६७८ विन्दुमा,कारोबार रकम पनि घट्यो

    711   पटक पढिएको


१ फागुन/अर्थ र व्यापार – यस साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजारको परिसूचक नेप्से ७ दशमलब २६ अंकले घटेर २६७८ विन्दुमा कायम भएको छ । अघिल्लो दिन सेयर बजार जम्मा १ दशमलब ८६ अंकले मात्र बढेको थियो ।
यसदिन बजार घटेसँगै कारोबार रकम पनि अघिल्लो दिनको भन्दा केही घटेको छ । अघिल्लो दिन ८ अर्ब ७१ करोडको कारोबार भएकोमा यसदिन जम्मा ७ अर्ब ९२ करोडको मात्र सेयर कारोबार भएको छ । १ सय ६२ वटा कम्पनीको सेयर मुल्य घट्यो भने ६ को स्थिर रह्यो । ७६ वटा कम्पनीको सेयर मूल्य बढेको छ । बिहीबार फाइनान्स उपसमुहको सूचक सबैभन्दा धेरै १ दशमलब ८८ प्रतिशतले बढेको छ । यसैगरी, लगानी उपसमुहको सुन्य दशमलब ५२ प्रतिशत र माइक्रोफाइनान्स उपसमुहको सुन्य दशमलब १७ प्रतिशतले सयेर मुल्य बढेको छ । अरु सबै उपसमुहको सयेर मुल्य घटेका छन् ।
बैंकिङ उपसमुहको ०.२३ प्रतिशत , विकास बैंक उपसमुहको ०.९५ प्रतिशत , होटल तथा पर्यटन उपसमुहको ०.५८ प्रतिशत, हाइड्रोपावर उपसमुहको ०.९० प्रतिशतले सेयर मुल्य घटेको छ । त्यसैगरी, जीवन बीमा उपसमुहको ०.१४ प्रतिशत , उत्पादन उपसमुहको ०.४७ प्रतिशत, निर्जीवन बीमा उपसमुहको ०.८७ प्रतिशत, अन्य उपसमुहको ०.१० प्रतिशत र व्यापार उपसमूहको सेयर मुल्य सुन्य दशमलब ०१ प्रतिशतले घटेको छ ।
यसदिन गार्डियन माइक्रोलाइफ इन्स्योरेन्स, मातृभूमि लघुवित्त र पोखरा फाइनान्सको मूल्य १० प्रतिशतले बढेको छ । बाराही हाइड्रोपावरको सेयर मूल्य ६ दशमलब ७७ प्रतिशतले बढेको छ । गत आइतबारबाट नेप्से कारोबारमा सूचीकृत गार्डियन माइक्रोलाइफको सेयर मूल्य दैनिक सकारात्मक सर्किट लागेर प्रतिकित्ता ४ सय ८४ रुपैयाँ ६० पैसा पुगेको छ ।
न्यादी हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै १० प्रतिशत घट्यो । सामुदायिक लघुवित्तको ४.९, रिभर फल्स पावरको ४.१० तथा एनएलजी इन्स्योरेन्सको ३.५ प्रतिशत मूल्य घट्यो।
कारोबार रकमका आधारमा यसदिन एनआरएन इन्फ्रास्ट्रक्चर, सीईडीबी होल्डिङ्स, राधि विद्युत्, सिन्धु विकास बैंक र सेन्ट्रल फाइनान्स क्रमशः अगाडि रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तयारी पोशाक उद्योग संघद्वारा तेत्तीस लाख तेत्तीस हजार हस्तान्तरण

नेपाल तयारी पोशाक उद्योग संघ तथा संघका सदस्यहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी रु.तेत्तीस लाख तेत्तीस हजार तीन सय तेत्तीस रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको छ

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।