logo

नेप्से झिनो अंकले बढेर २६८५ विन्दुमा, ८ अर्ब ७१ करोडको कारोबार

    736   पटक पढिएको


३० माघ/अर्थ र व्यापार – यस साताको चौथो कारोबार दिन बुधबार सेयर बजारको परिसूचक नेप्से झिनो अंकले बढेको छ । यसदिन नेप्से जम्मा १ दशमलब ८६ अंकले बढेर २६सय ८५ दशमलब ७३ विन्दुमा कायम भएको छ ।
यसदिन नेप्से परिसूचकमा सामान्य वृद्धि भएसँगै कारोबार रकम पनि बढेको छ । बुधबार ८ अर्ब ७१ करोड ७८ लाख ४७ हजार रुपैयाँको सेयर कारोबार भएको छ । अघिल्लो दिन ७ अर्ब २४ करोडको कारोबार भएको थियो ।
यसदिन कारोबारमा आएका मध्ये १ सय ३४ वटा कम्पनीको सेयर मूल्य बढेको छ । ९९ वटा कम्पनीको घट्यो भने ११ वटा कम्पनीको सेयर मुल्य स्थिर रह्यो । यस दिन विकास बैंक, फाइनान्स र लगानी उपसमुहमा लगानीकर्ताको आकर्षण देखिएको छ । विकास बैंक १ दशमलब ३३ प्रतिशत, फाइनान्स १ दशमलब ५६ प्रतिशत र लगानी उपसमुहको सेयर मुल्य १ दशमलब २२ प्रतिशतले बढेको छ ।
यसैगरी, जीवन बीमा उपसमुहको सेयर मुल्य सुन्य दशमलब ४८ प्रतिशतले बढेको छ । गार्डियन माइक्रोलाइफ इन्स्योरेन्सको मूल्य १० प्रतिशत बढ्यो । रिभरफल्स पावरको ८.०२, न्यादी हाइड्रोपावरको ७.५९, ग्रीन डेभलपमेन्ट बैंकको ७.४६, सिन्धु विकास बैंकको ७.०८ तथा भूगोल इनर्जीको ७.०७ प्रतिशत मूल्य बढ्यो ।
यसदिन बैंकिङ उपसमुहको ०.०९ प्रतिशत, होटल तथा पर्यटन उपसमुहको ०.६३ प्रतिशत, हाइड्रोपावर उपसमुहको ०.०४प्रतिशत, उत्पादन उपसमुहको ०.३१ प्रतिशत, माइक्रोफाइनान्स उपसमुहको ०.११ प्रतिशत, निर्जीवन बीमा उपसमुहको ०.०३ प्रतिशत, अन्य उपसमुहको सुन्य दशमलब ४७ प्रतिशत र व्यापार उपसमूहको सेयर मुल्य सुन्य दशमलब ९१ प्रतिशतले घटेको छ ।
दुई कम्पनी उपकार लघुवित्त र सुपर मादी हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतले घट्यो । रसुवागढी हाइड्रोपावरको ९ दशमलब ३ प्रतिशत, बाराही हाइड्रोको ४ दशमलब ८ प्रतिशतले घट्यो । कारोबार रकमका आधारमा यसदिन एनआरएन इन्फ्रास्ट्रक्चर, सीईडीबी होल्डिङ्स, रिभर फल्स पावर, न्यादी हाइड्रोपावर र सप्तकोशी विकास बैंक क्रमशः अगाडि रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तयारी पोशाक उद्योग संघद्वारा तेत्तीस लाख तेत्तीस हजार हस्तान्तरण

नेपाल तयारी पोशाक उद्योग संघ तथा संघका सदस्यहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी रु.तेत्तीस लाख तेत्तीस हजार तीन सय तेत्तीस रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको छ

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।