logo

पाँच दिनको गिरावटपछि बल्ल ६.५४ अंकले बढ्यो नेप्से

    533   पटक पढिएको


२९ माघ/अर्थ र व्यापार – यसअघिका पाँच दिन लगातार घटेको सेयर बजार परिसूचक नेप्से छैटौं कारोबार दिन मंगलबार भने ६ दशमलब ५४ अंकले बढेर २६ सय ८३ दशमलब ८६ विन्दुमा आइपुगेको छ । गत २२ माघदेखि लगातार ५ कारोबार दिन घटेको नेप्सेमा ५२ दमलब ६४ अंकको गिरावट आएको थियो ।
मंगलबार अन्तिम ३ मिनेटमा नेप्से सामान्य अंकले उकालो लागेको हो । यसदिन सवैभन्दा धेरै विकास बैंक उपसमुह, जलविद्युत्, लगानी, म्युचुअल फण्ड र उत्पादनमूलक उपसमूहले नेप्से केही बढाएका हुन् । मंगलबार कारोबारमा आएका १३ वटा उपसूचकहरु मध्ये विकास बैंकको सूचक सबैभन्दा धेरै २ दशमलब ३७ प्रतिशतले बढेको छ ।
यसदिन १ सय ३४ वटा कम्पनीका लगानीकर्ताले कमाउँदा सिकलेस हाइड्रोपावर भगवती हाइड्रोपावर रसुवागढी हाइड्रोपावर र गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।
९८ कम्पनीका लगानीकर्ताले गुमाएका छन् । सबैभन्दा धेरै गुमाउनेमा भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीका लगानीकर्ता छन् । यो कम्पनीको मूल्यमा नेगेटिभ सर्किट लागेको छ । यसदिन ७ अर्ब २४ करोड ६२ लाख रुपैयाँको सेयर कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै ३६ करोड ८१ लाखको सेयर कारोबार सीइडीबी होल्डिङको भएको छ ।
यसदिन विभिन्न चार वटा कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढ्यो । १० प्रतिशत मूल्य बढेका कम्पनीहरुमा सिक्लेस हाइड्रोपावर, भगवती हाइड्रोपावर, रसुवागढी हाइड्रोपावर र गार्डियन माइक्रोलाइफ इन्स्योरेन्स रहेका छन् । यसैगरी, सप्तकोशी विकास बैंकको ८.५ प्रतिशत, इमर्जिङ नेपालको ७.५ प्रतिशतले सेयर मूल्य बढेको छ ।
झिनो अंकले नेप्से बढेपनि भूगोल इनर्जीको सेयर मुल्य १० प्रतिशतले घटेको छ । यसैगरी, उपकार लघुवित्तको सयेर मूल्य ८ प्रतिशत घट्यो । कारोबार रकमकाम आधारमा सीईडीबी होल्डिङ्स, न्यादी हाइड्रोपावर, युनाइटेड मोदी हाइड्रोपावर, एनआरएन इन्फ्रास्ट्रक्चर र सप्तकोशी विकास बैंक क्रमशः अगाडि रहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।