logo

नेप्से र कारोबार रकम दुबै घट्यो

    725   पटक पढिएको


१० माघ/अर्थ र व्यापार – यस साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजारको परिसूचक नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । अघिल्लो दिनको तुलनामा बिहीबार नेप्से ११ दशमलब १० अंक घटेर २६ सय ५४ दशमलब ३५ विन्दुमा कायम भएको छ । यसदिन कारोबार रकम अघिल्लो दिनको तुलनामा घटेर जम्मा ७ अर्ब ८५ करोड ७७ लाख ९२ हजार रुपैयाँमा सिमित भएको छ ।
अघिल्लो कोरोबार दिन कुल ९ अर्ब २० करोड रुपैयाँ बढीको सेयर कारोबार भएको थियो ।
यसदिन ८६ वटा कम्पनीको सेयर मूल्य बढेको छ । १ सय ४९ वटा कम्पनीको सेयर मुल्य घट्यो भने ८ वटाको स्थिर रह्यो । विकास बैंक समूह सुन्य दशमलब ८३ प्रतिशत बढ्यो भने उत्पादन समूह स्थिर रह्यो । यसैगरी, बैंकिङ उपसमुहको सेयर मुल्य सून्य दशमलब ६१ प्रतिशत , फाइनान्स उपसमुहको २ दशमलब ४३ प्रतिशत, होटल तथा पर्यटन उपसमुहको सुन्य दशमलब ७८ प्रतिशत , हाइड्रोपावर उपसमुहको सून्य दशमलब ५५ प्रतिशले सेयर मुल्य घटेको ।
जीवन बीमा उपसमुहको सून्य दशमलब ०१ प्रतिशत , लगानी उपसमुहको सून्य दशमलब ७९ प्रतिशत, माइक्रोफाइनान्स उपसमुहको सून्य दशमलब ०१, निर्जीवन बीमा सून्य दशमलब ७३ प्रतिशत, अन्य सून्य दशमलब ३५ प्रतिशत र व्यापार उपसमूहको सून्य दशमलब २३ प्रतिशतले घटेको छ । सुपरमादी र मन्दाकिनी हाइड्रोपावरको मूल्य १० प्रतिशत घट्यो । जानकी फाइनान्सको ७.४७ प्रतिशत , पोखरा फाइनान्सको ५.७४ प्रतिशत र नेपाल फाइनान्सको ४.७४ प्रतिशतले सयेर मूल्य घटेको छ ।
३ कम्पनी सामुदायिक लघुवित्त, कर्पोरेट डेभलपमेन्ट बैंक र सिक्लेस हाइड्रोपावरको मूल्य १० प्रतिशत बढ्यो । सप्तकोशी विकास बैंकको ९.८९, धौलागिरि लघुवित्तको ९.८४, नारायणी डेभलपमेन्टको ८.४६, दोल्ती पावरको ८.१०, युनाइटेड इदी मर्दीको ७.४० तथा सपोर्ट माइक्रोफाइनान्सको ६.९३ प्रतिशत मूल्य बढेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तयारी पोशाक उद्योग संघद्वारा तेत्तीस लाख तेत्तीस हजार हस्तान्तरण

नेपाल तयारी पोशाक उद्योग संघ तथा संघका सदस्यहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी रु.तेत्तीस लाख तेत्तीस हजार तीन सय तेत्तीस रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको छ

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।