logo

नेप्से र कारोबार दुबै बढ्यो

    546   पटक पढिएको


२४ पुस/अर्थ र व्यापार – यस साताको चौथो कारोबार दिन बुधबार पनि सेयर बजार परिसूचक नेप्से र कारोबार रकम दुबै बढेको छ । अघिल्लो कारोबार दिनको तुलनामा यसदिन नेप्से परिसूचक ६ दशमलब ५३ अंकले बढेर २६ सय ५३ दशमलब २३ विन्दुमा कायम भएको छ । बुधबार ६ अर्ब ४० करोड ७९ लाख ९२ हजार ७ सय ८४ रुपैयाँको कारोबार भएको छ । अघिल्लो दिन ५ अर्ब ३८ करोड रुपैयाँको कारोबार भएको थियो ।
१ सय ३९ वटा कम्पनीको मूल्य बढेको छ । ९५ वटा कम्पनीको सेयर मुल्य घट्यो भने ८ वटाको स्थिर रहेको छ । यस दिन पनि फाइनान्स र विकास बैंक उपसमुहमा लगानीकर्ताको आकर्षण देखियो । जसमध्ये सर्वाधिक फाइनान्स उपसमुहको सेयर मुल्य ४ दशमलब ७७ प्रतिशत र विकास बैंक उपसमुहको २ दशमलब ५३ प्रतिशतले सेयर मुल्य बढेको छ ।
माइक्रोफाइनान्स उपसमुहको १ दशमलब ५९ प्रतिशत , उत्पादन उपसमुहको सून्य दशमलब ४० प्रतिशत, जीवन बीमा उपसमुहको सूनय दशमलब ४० प्रतिशत, हाइड्रोपावर उपसमुहको सून्य दशमलब २६ प्रतिशतले सेयर मुल्य बढेको छ ।
यसदिन समृद्धि फाइनान्स र सिन्धु विकास बैंकको सेयर मूल्य १० प्रतिशतले बढ्यो । चिरख्वा हाइड्रोपावरको ९.८ प्रतिशत, सप्तकोशी विकास बैंकको ९.७ प्रतिशत, न्यादी हाइड्रोपावरको ९.३३ प्रतिशत, आत्मनिर्भर लघुवित्तको ७.४५ प्रतिशत, रिलायन्स फाइनान्सको ७.२ प्रतिशत र ग्रीन डेभलपमेन्ट बैंकको ६.९ प्रतिशतले सेयर मूल्य बढ्यो ।
बुधबार बैंकिङ उपसमुहको सेयर मुल्य सून्य दशमलब २६ प्रतिशत, होटल तथा पर्यटन उपसमुहको सून्य दशमलब ०६ प्रतिशत, लगानी उपसमुहको सून्य दशमलब ३८ प्रतिशत, निर्जीवन बीमा सून्य दशमलब १३ प्रतिशत , अन्य उपसमुहको सुन्य दशमलब २६ प्रतिशत र व्यापार उपसमुहको १ दशमलब ५६ प्रतिशतले सेयर मुल्य घटेको छ ।
सामुदायिक लघुवित्तको सेयर मुल्य १० प्रतिशतले घटेको छ । बाराही हाइड्रोपावरको ९ दशमलब ६ प्रतिशत र त्रिशुली जलविद्युत्को ६ दशमलब १ प्रतिशतले सेयर मुल्य घटेको छ । कारोबार रकमका आधारमा न्यादी हाइड्रोपावर, सिन्धु विकास बैंक, सुपरमादी हाइड्रोपावर, एनआरएन इन्फ्रास्ट्रक्चर र नेपाल फाइनान्स क्रमशः अगाडि रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।