logo

पाँचौं दिन पनि बढ्यो सेयर बजार

    734   पटक पढिएको


२३ पुस/अर्थ र व्यापार – यस साताको तेस्रो कारोबार दिन मंगलबार पनि सेयर बजारको वृद्धिले निरन्तरता पाएको छ । अघिल्लो कारोबार दिनको तुलनामा यसदिन नेप्से परिसूचक ६ दशमलब १६ अंकले बढेको छ । यस वृद्धिसँगै नेप्से परिसूचक बढेर २६ सय ४६ विन्दुमा कायम भएको छ । यो बृद्धिसहित लगातार पाँचौं दिन पनि सेयर बजार बढेको हो ।
यसदिन बजारको परिसूचक बढ्दा कारोबार रकम भने अघिल्लो दिनको तुलनामा घटेको छ । यसदिन कुल ५ अर्ब ३८ करोड ४६ लाख ७२ हजार २ सय ९५ रुपैयाँको सेयर कारोबार भएको छ । अघिल्लो दिन ६ अर्ब ३० करोड रुपैयाँ बढीको कारोबार भएको थियो ।
मंगलबार कारोबारमा आएका आएका मध्ये १ सय २६ वटा कम्पनीको सेयर मूल्य बढेको छ । १ सय ७ वटा कम्पनीको सेयर मुल्य घट्यो भने १० वटाको स्थिर रहेको छ । यसदिन सबैभन्दा धेरै फाइनान्स उपसमुहको सेयर मुल्य बढेको छ । फाइनान्स उपसमूहको सेयर मुल्य २ दशमलब ६५ प्रतिशतले बढेको छ ।
यसैगरी, व्यापार उपसमुहको सून्य दशमलब ५९ प्रतिशत, निर्जीवन बीमा उपसमुहको सून्य दशमलब ४२ प्रतिशत, माइक्रोफाइनान्स उपसमुहको सून्य दशमलब ४४ प्रतिशत, जीवन बीमा उपसमुहको सून्य दशमलब ६७ प्रतिशत, हाइड्रोपावर उपसमुहको सून्य दशमलब ४२ प्रतिशत र विकास बैंक उपसमुहको सून्य दशमलब ८० प्रतिशतले सेयर मुल्य बढेको छ । बैंकिङ उपसमुहको सेयर मुल्य सून्य दशमलब २७ प्रतिशतले घटेको छ , होटल तथा पर्यटन सून्य दशमलब ०४ प्रतिशत, अन्य समुहको सून्य दशमलब १८ प्रतिशत र उत्पादन क्षेत्र उपसमूहको सून्य दशमलब २५ प्रतिशतले सेयर मुल्य घटेको छ ।
यसदिन तीनवटा कम्पनीको सेयर मूल्यमा १० प्रतिशतको सकारात्मक सर्किट लागेर बढ्यो । सप्तकोशी विकास बैंक, न्यादी हाइड्रोपावर र प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको सेयर मूल्य १० प्रतिशतले बढेको छ । सिन्धु विकास बैंकको ९ दशमलब ७ प्रतिशत, समृद्धि फाइनान्सको ९ प्रतिशत , सामुदायिक लघुवित्तको ८ दशमलब ६ प्रतिशत र अपरहेवाखोलाको ८ दशमलब ३ प्रतिशतले सेयर मूल्य बढेको छ ।
कारोबार रकमका आधारमा सिन्धु विकास बैंक, सप्तकोशी विकास बैंक, साहस ऊर्जा, एनआरएन इन्फ्रास्ट्रक्चर र भूगोल इनर्जी क्रमशः अगाडि रहेको छ । यसदिन आत्मनिर्भर लघुवित्त र दोल्ती पावरको सेयर मूल्य १० प्रतिशतले घट्यो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तयारी पोशाक उद्योग संघद्वारा तेत्तीस लाख तेत्तीस हजार हस्तान्तरण

नेपाल तयारी पोशाक उद्योग संघ तथा संघका सदस्यहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी रु.तेत्तीस लाख तेत्तीस हजार तीन सय तेत्तीस रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको छ

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।