logo

सेयर बजार सामान्य अंकले बढ्यो ,५ अर्ब ३२ करोड बढीको कारोबार

    573   पटक पढिएको


११ पुस/अर्थ र व्यापार – यस साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार सामान्य अंकले बढेको छ । यसदिन कारोबार सुरुवातिदेखि नै लगातार उत्तारचढाव भईरहेको सेयर बजार परिसूचक (नेप्से) अन्तिम समयमा आएर ४ दशमलब १९ अंकले बढेर २६ सय ३० विन्दुमा आइपुगेको छ।
यसदिन कुल ३ सय १० वटा कम्पनीका २ करोड ९ लाख ७८ हजार बढी कित्ता सेयर खरिदविक्री हुँदा कारोबार रकम ५ अर्ब ३२ करोड ९२ लाख माथि पुगेको छ । यसदिन कारोबारमा आएकामध्ये बैंकिङ, लगानी, लघुवित्त र व्यापार उपसमुहको सेयर मुल्य बढेको छ । यि उपसमुह बाहेक सबै उपसमुहका परिसुचक ओरालो लागेका छन् ।
बिहीबार १ सय ६३ कम्पनीको सेयरमूल्य घट्दा ७० वटा कम्पनीको सेयरमूल्यमा वृद्धि देखिएको छ । ९ वटाको स्थिर रहेको छ । बिहीबार सेयर मुल्य बढेका कम्पनीहरु मध्ये आत्मनिर्भर लघुवित्त र सपोर्ट माइक्रोफाइनान्सको सेयरमुल्यमा सकारात्मक सर्किट लागेको छ ।
यसदिन बैंकिङ उपसमुहको आकर्षणले सेयर बढाएको हो । अधिकांश कम्पनीको सेयर मूल्य घटे पनि बजारको परिसूचक नेप्से बैंकिङ क्षेत्रसँगै बढेको हो । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचकसँगै कारोबार रकम पनि केही बढेको छ । अघिल्लो दिन ५ अर्ब २० करोड रुपैयाँको सेयर कारोबार भएको थियो ।
यसदिन व्यापार उपसमुहको २ दशमलब ३१ प्रतिशत, माइक्रोफाइनान्स उपसमुहको शून्य दशमलब १४ प्रतिशत र लगानी उपसमूहको शून्य दशमलब २७ प्रतिशतले सेयर मुल्य बढेको छ ।
आत्मनिर्भर र सपोर्ट माइक्रोफाइनान्सको सेयर मूल्य १० प्रतिशतले बढ्यो । गुराँस लघुवित्तको ७ दशमलब ३२ प्रतिशत, प्रभु बैंकको ५ दशमलब ८ प्रतिशत , कुथेली बुखरी स्मल हाइड्रोपावरको ५ दशमलब ०५ प्रतिशतले सेयर मूल्य बढेको छ ।
यसैगरी, वाणिज्य बैंकहरूमा एनआईएमबी बैंक, ग्लोबल आईएमई बैंक, कुमारी बैंक, नेपाल एसबीआई बैंक, कृषि विकास बैंक, हिमालयन बैंक र नेपाल बैंक रहेका छन् । कारोबार रकमका आधारमा प्रभु बैंक, जानकी फाइनान्स, सपोर्ट माइक्रोफाइनान्स, कुमारी बैंक र सप्तकोशी विकास बैंक क्रमशः अगाडि रहेको छ ।
बिहीबार विकास बैंकका लगानीकर्ता केही शशंकित देखिएका छन् । अघिल्लो दिन समस्याग्रस्त घोषणा भएको कर्णाली विकास बैंकको सेयर कारोबार रोक्का भएपछि यसदिन कमजोर अवस्था रहेका विकास बैंकको मूल्य उच्च दरले घटेको छ ।
कर्पोरेट डेभलपमेन्ट बैंक, नारायणी डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंकको मूल्य १० प्रतिशत घट्यो । जोशी हाइड्रोपावरको ९ दशमलब ९ प्रतिशत, सप्तकोशी विकास बैंकको मूल्य ९ दशमलब ४ प्रतिशतले सेयर मुल्य घट्यो । ग्रीन डेभलपमेन्ट बैंकको ८ दशमलब ४ प्रतिशत , एक्सल डेभलपमेन्ट बैंकको ४दशमलब ४ प्रतिशत र मितेरी डेभलपमेन्ट बैंकको ३ दशमलब ५ प्रतिशतले सेयर मूल्य घटेको छ ।
यसैगरी, विकास बैंक उपसमुहको २ दशमलब ४८प्रतिशत , फाइनान्स उपसमुहको २ दशमलब ७० प्रतिशत, होटल तथा पर्यटन उपसमुहको शून्य दशमलब ७८प्रतिशत, हाइड्रोपावर उपसमुहको १ दशमलब २८ प्रतिशत, जीवन बीमा उपसमुहको शूनय दशमलब ३० प्रतिशत, उत्पादन उपसमुहको शून्य दशमलब ०८ प्रतिशत, निर्जीवन बीमा उपसमुहको शूनय दशमलब २६ प्रतिशत र अन्य उपसमूहको शूनय दशमलब १६ प्रतिशतले सेयर मुल्य घटेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।