logo

दुई दिनको उच्च गिरावटपछि सेयर बजार झिनो अंकले बढ्यो

    733   पटक पढिएको


२ पुस/अर्थ र व्यापार– गत बिहीबार र सोमबार उच्च दरले घटेको नेप्से मंगलबार जम्मा २.९५ अंकले बढेर २६ सय ३३ दशमलब ८७ विन्दुमा पुगेको छ । गत बिहीबार १.२३ प्रतिशतले घटेको नेप्से यो साताको पहिलो कारोबार दिन सोमबार करिब २ प्रतिशतले घटेको थियो ।
मंगलबार बिहान बजार खुल्नेवित्तिकै नेप्से १७ अंकसम्म बढेर केही सुधार हुने संकेत देखिएपनि सो वृद्धि उत्साहजनक हुन सकेन । अन्तिम समयमा आएर जम्मा २ दशमलब ९५ अंकमा बजार बन्द भयो । नेपाल स्टक एक्चेन्ज लिमिटेडका अनुसार मंगलबारको सुधारलाई कारोबार रकमले पनि साथ नदिएको देखिएको छ । अघिल्ला दुई कारोबार दिन ६ करिब अर्बरुपैयाँको कारोबार भएकोमा मंगलबार जम्मा ४ अर्ब ३४ करोड रुपैयाँको मात्र सेयर कारोबार भएको छ ।
यसले राजनीतिक तहमा उथलपुथल हुन्छ कि भन्ने डरले लगानीकर्ताहरू पर्ख र हेरको अवस्थामा बसेको देखिन्छ । मंगलबार कारोबारमा आएका १३ उपसूचकमध्ये ८ वटा उपसुचक हरियो भयो भने ५ वटा उपसूचक रातो भएको छ । यसदिन कुनै पनि उपसूचकको वृद्धि वा घटाइ एक प्रतिशत भन्दा बढी हुन सकेन ।
मंगलबार सपोर्ट माइक्रोफाइनान्स र जानकी फाइनान्सको सेयर मूल्य सर्किट लेभलमा बढेको छ । कारोबारका हिसाबले पनि जानकी फाइनान्सको कारोबार सबैभन्दा धेरै २२ करोड रुपैयाँको भएको छ ।
अघिल्लो कारोबारदिन सोमबार सकारात्मक सर्किट लागेर ३३ सय पुगेको कुथेली बुखरी हाइड्रोपावरको सेयर मूल्यमा मंगलबार नकारात्मक सर्किट लागेको छ ।
मंगलबार १ सय १७ कम्पनीको सेयर मूल्य बढेको छ भने १ सय १७ वटा कम्पनीको मूल्यमा गिरावट आएको छ । १० वटा कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।
मंगलबार सबैभन्दा उच्च दरमा फाइनान्स उपसूचक ०.८७ प्रतिशतले बढेको छ भने विकास बैंक उपसूचक सबैभन्दा उच्च दर ०.६५ प्रतिशतले घटेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तयारी पोशाक उद्योग संघद्वारा तेत्तीस लाख तेत्तीस हजार हस्तान्तरण

नेपाल तयारी पोशाक उद्योग संघ तथा संघका सदस्यहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी रु.तेत्तीस लाख तेत्तीस हजार तीन सय तेत्तीस रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको छ

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।